साउन २३, पर्बत | पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरी मेरो साथी मार्फत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, पर्बत | पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरी मेरो साथी मार्फत"/>
२०८२, २४ चैत्र मंगलवार
पर्बत - PBT

प्रहरी मेरो साथीले विकृती र उदण्डलाई रोक्छ–प्रहरी

२०७३, २३ श्रावण आईतवार १४:२१

साउन २३, पर्बत | पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरी मेरो साथी मार्फत समाजमा भएका विकृती र उदण्ड तथा अपराधलाई न्यूनिकरण गर्नको लागि सहज हुने बताएको छ ।

आइतबार जिल्लामा भएको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी मेरो साथी मार्फत जिल्लामा हुने घटनालाई न्यूनिकरण गर्न तथा समाजमा हुने जघन्य अपराधलाई समेत न्यूनिकरण गर्नको लागि समेत टेवा पुग्ने जिल्ला प्रहरी कार्यालयकी प्रनाउ गंगा पन्तले बताइन । उनले मुस्कान सहितको सेवा प्रहरीले प्रवाह गरेपछि प्रहरी चौकीमा सेवा लिन आउनेहरुको सख्या बढेको र अब प्रहरी मेरो साथीले समस्या समधानद गर्न तथा नागरीक र प्रहरीलाई नजिक बनाउने बताइन । कार्यक्रममा सहभागीहरु प्रहरीले एक बर्षमा गरेका कार्यहरुको प्रशंसा गरे । जिल्लामा जिप्रकाले गरेको कामको अधिकांशले प्रशांसा गरे । चाडपर्व नजिकै गरेका कारण जिल्लामा जुवातास खेल्ने जुवाडेहरु बढ्ने भन्दै यसमा सचेत रहन प्रहरीलाई आग्रह समेत गरेका थिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले जिल्लाको शान्ति सुरक्षा कायम गर्नको लागि नागरिक र प्रहरीको सम्बन्ध सुमधुर हुन पर्ने औलाए । उनले समाजमानै अपराधी र अपराधी मनासयका मानिसहरु हुने भन्दै प्रहरीसँग नागरिकले समन्वय गरे त्यस्ता क्रियाकलाप तथा हुने सम्भावित घटनाको रोकथाम हुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै