जुवाकाण्ड, क्रसरकाण्डदेखि नागरिक अभिनन्दनसम्म, प्रनाउ पन्त कहाँ चुकिन, कहाँ झुकिन ?

Posted on: 07 Aug, 2016

महेन्द्र केसी | समाचार टिप्पणी | जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक गंगा पन्तको एक बर्ष आलोचित भन्दा पनि प्रशांसामानै वित्यो । शुरुमा जिल्लामा आउँदा साथ आफुलाई कुनैपनि पार्टीको झण्डामुनि नबसेको र आफ्नो पार्टी भनेको नेपाल प्रहरी र उसैको झण्डामुनि आफुलाई उभाइरहेको बताएकी प्रनाउ पन्तले बास्तबमा नै जिल्लाबासीको मन जित्न भने सफल भईन । जिल्लामा एक बर्षको अन्तरालमा उनले धेरै काममा नागरिकबाट प्रशंसा बटुलिन उनको जिल्लबासीले नागरिक अभिनन्दन समेत गरे । उनको एक बर्षमा गरेका कामले उनलाई नागरिकको प्रशंसा योग्य पात्र बनाउन सफल तुल्यायो । एक बर्षको अन्तरालमा उनले जतिपनि काम गरिन त्यसमा उनको प्रशंसानै भयो तर एकदुइमा भने उनको आलोचना र विरोध भएकै हो । उनले एक बर्षमा पर्वतमा गरेका कार्यको संक्षिपमा जानकारी दिन खोजेका छौं ।

१) जुवा काण्ड

जिल्लामा आएको दुइचार दिनमानै उनले जुवाको खालबाट जिल्लामा क्रियाशिल युवा नेतालाई रंगेहात पक्राउ गर्न सफल भइन । उनको त्यो सहास र कामले गर्दा नागरिकले अब जिल्लामा जुवातासको अन्त्य हुने भयो , नेतालाई त छोडिन भने अरुलाई कसरी छोड्न सक्छीन  भन्ने आम नागरिकमा भयो तर उनी जसरी अडिग थिइन उनी त्यहि भने रहन सकिनन् । उनले पक्राउ गरेका युवा नेतालाई मध्यरातमा सांसदको फोनको भरमा छाडिन । देउपुर ९ पातिचौरमा जु्वातास खेलेको ठाउँमा हेरेर बसेका जेष्ठ नागरीकलाई पक्राउ गरी थुनामा राखिन जसले उनको आलोचना गर्नेहरु सक्रिय भए । उनको कामनै त्यतिबेला त्यस्तै थियो । राज्यले सम्मान गरेका जेष्ठ नागरीकलाई तीन चार दिन थुनामा राख्ने र नेतालाई एकै दिनमा छोड्ने उनको त्यो कमजोरीका कारण उनी आलोचित भइन । नेता छोडिन झुकिन, जेष्ठ नागरिकलाई थुनामा राखीन कानूनमा समाना देखाउन चुकिन ।

२) क्रसर काण्ड पुनारवेदनसम्म

जिल्लामा अबैध रुपमा कालीगण्डकी नदिबाट नदीजन्य पदार्थ निकालेको भन्दै उनले मध्यरातमा रंगेहात पक्राउ गरेका क्रसर व्यवसायी पुनरवेदन अदालतमा पुगे । क्रसर व्यवसायीले जिल्ला विकास समिति, जिल्ला प्रशासन र जिल्ला प्रहरीलाई विपक्ष बनाएर मुद्धा चलाए जून अहिले पनि विचाराधिन अबस्थामा छ । क्रसर व्यवसायी पक्राउ गरेको विषयले स्थानिय मिडिया देखि केन्द्रिय मिडिया सम्म ठूलो चर्चा पायो ।जिल्लामा लामो समयदेखि चल्दै आएको अबैध धन्दा भनौ या नियम विपरीत गरेको कार्यको अन्त्य हुने भयो भनी धेरैले खुसि व्यक्त गरे शिवाय क्रसर व्यवसायी बाहेक । क्रसर व्यवसायीले जिल्ला विकास समिति पर्वतलेनै नदीमा स्काभेटर, ह्युुम पाइप राखेर नदीजन्य पदार्थ उत्खनन गर्नको लागि अनुमति दिएको कुरा बाहिर आयो । नीति बाहिर काम गरेकालाई कानूनी दायरामा ल्याउन उनको त्यो अभियानलाई जिल्लाका सवै तह र तप्कामा मानिसहरुले साथ दिए । प्रशंसा गरे । क्रसरकाण्ड जति पुरानो हुदै गयो उनको आलोचना र प्रशंसा दुवै हुदै आइरहेको छ । उनले क्रसर व्यसायीसँग रकम मागेको र नदिएका कारण क्रसरलाई दुखदिए क्रसर पक्षको आरोप रह्यो । यद्यपी नागरिकले भने त्यसको विश्वास भने गर्न सकेनन । जिल्लाबासीले प्रनाउलाई फसाउन खोजिएको भन्दै प्रनाउको समर्थनमा देखिए । जसले प्रनाउलाई जिल्लामा अगाडी ल्यायो ।

३) सेल्टर निर्माणमा अग्रसरता 

जिल्लामा पहिलो पटक प्रनाउ पन्तकै पहलमा महिला तथा बालकालिकाको लागि सेल्टर तथा सेफ हाउसको निर्माण कार्य शुरु भएको छ । जिल्लामा पीडित तथा घरपरिवार वा समाजबाट अपहेलित भएका महिला तथा बालबालिकाको लागि भनी उनले अगुवाइमा चलेको अभियानले सेफ हाउसको निर्माण कार्यको थलानी भएको छ । जसले प्रनाउ पन्तलाई एक प्रहरी प्रशासकका रुपमा नभई एक समाजसेवीका रुपमा परिचित गरायो । महिला तथा बालकालिको लागि ल्याएको उनको सोचले उनको प्रशंसा गरेको छ । सेफ हाउसको निर्माणको लागि जिल्लामा रहेको समाजसेवामा लागेकाहरुले खुलेरै सहयोग गरिरहेका छन् जसले गर्दा पन्तको चर्चालाई थप उचाइमा पु¥याउनको लागि सहयोग ग¥यो । महिला भएर पनि होला महिला तथा बालकालिकाको लागि राखेको  उनको सोचले उनको प्रशसामात्रै बढाएन । जिल्लाको लागि एक एतिहासिक घटना समेत बन्न पुगेको छ ।

४) १७ भन्दाबढी सचेतना अभियान 

घरेलु हिंसा, घरेलु मदिरा नियन्त्रण अभियान तथा लागुऔषध रोकथामको लागि एक बर्षमा १७ भन्दाबढि सचेतना तथा नागरिकसँग अन्तरक्रिया भए जसले गर्दा पनि नागरिक र प्रहरीविचको निकटा हुनको लागि टेवा पुग्यो । जिल्लाका विभिन्न ठाउँमा गरिएको सचेतना तथा नागरिक सुनु्वाई कार्यक्रमले गर्दा प्रहरी र नागरिकविचको सम्बन्धमा निकटा ल्याउनको लागि सहज गर्यो । जसले उनको चर्चा परिचर्चा भयो । घरेलु मदिरा नियन्त्रणको लागि महिला संजालसँग समन्वय गरी उनले खेलको भुमिका र दूई प्रहरी जवानलाई मदिरा सेवनका कारण गरेको विभागीय कारवाहीका कारण पनि उनको प्रंशसा बढायो ।

५) नागरिक अभिनन्दन 

जिल्लाको शान्ति सुरक्षा कायम गर्नको लागि तथा जिल्लामा हालसम्मका प्रनाउमध्ये पन्तले उत्कृष्ट काम गरेको भन्दै सिसेफ महिला समुहले उनको नागरिक अभिनन्दन समेत गर्यो । यो कुराले के पुष्टि गर्यो भने प्रनाउ पन्तले जिल्लाको शान्ति सु्रक्षाको मात्रै नभई सामाजिक काममा समेत चालेको कदमले उनको प्रशंसा बुटुल्यो । नागरिक अभिनन्दनको अर्थ उनी जिल्लामा सवैको प्रशंसा योग्य पात्र बनिन् । उनको जून काम गर्ने शैली तथा तरिका छ जसरी उनले नागरिक सचेतना जागरण गरी महिला शसक्तिकरण गरिन जस्ले गर्दा उनको प्रशंसा भयो ।

अन्त्यमा, 

जिल्लामा एक बर्षमा गंगा पन्तले गरेका कार्यको कुरा गर्दा उनी आलोचित भन्दा पनि प्रशंसा योग्य सावित भएको देखिन्छ । कतै चुकेको त कतै झुकेको देखिएता पनि समग्रमा उनको समर्थन र प्रशंसा नगर्ने विरलमात्रमा भेटिएलान् । जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका प्रहरी कर्मचारीमा उनको व्यवहार कस्तो रह्यो त्यसको मुल्याङकन त्यहाँका स्टाफलेनै गरेका होलान् तर जिल्लामा उनले गरेका कामहरु जिल्लाको लागि उदाहरणीय काम भने पक्कै भएको छ । जसले गर्दा पनि उनको प्रशंसा मात्रै नभइ नागरिक सम्मान समेत भएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!