१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा बाघ भागेपछि उच्च सतर्कता

१२ चैत्र २०७७, बिहीबार ०४:४५

चैत १२, बाँके।  बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ ।  

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको बताउनुभयो । मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक जङ्गलभित्र प्रवेश नगर्न उहाँले आग्रह गर्नुभएको छ । 

निकुञ्ज कार्यालयले पूर्वपश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत नगर्न निरन्तर सूचना जारी गरिरहेको शाहले जानकारी दिनुभयो ।

बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज समक्ष बुझाएको थियो । बाँके निकुञ्जको खैरी पोष्ट क्षेत्रमा राखिएको खोरबाट मङ्गलबार बिहान ६ बजेतिर बाघ भागेपछि निकुञ्जअन्तर्गत पर्ने पूर्वपश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल