१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

त्रियुगाका सामुदायिक वनमा डढेलो : सनुवागाउँ उच्च जोखिममा

१२ चैत्र २०७७, बिहीबार ०६:४६

चैत १२, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नवउदय सामुदायिक वन र वडा नं २ स्थित सनुवा सामुदायिक वनमा आगो लागेको छ । दुबै सामुदायिक वनमा सोमबारदेखि डढेलो लागेको हो । डढेलोका कारण सनुवागाउँ उच्च जोखिममा परेको छ । 

डिभिजन वन कार्यलय उदयपुर गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहका अनुसार त्रियुगा नगरपालिका–२ स्थित चुरे क्षेत्रको सनुवा सामुदायिक वनमा अचानक डढेलो लागेपछि अहिले चुरे क्षेत्र आसपासका ५० घरसहित सनुवागाउँ उच्च जोखिममा परेको छ । सोमबार साँझदेखि सनुवा सामुदायिक वन क्षेत्रमा शुरु भएको डढेलो बुधबार दिउँसोसम्ममा नियन्त्रणमा आउन सकेको छैन । हावाहुरी चलेका कारण आगो नियन्त्रणमा लिन कठिन भइरहेको स्थानीवासी बताउँछन् । सनुवा चुरे क्षेत्रको १५० हेक्टर क्षेत्रफल आसपासमा डढेलो फैलिएपछि सनुवागाउँ डढेलोको चपेटामा परेको डिभिजन वन कार्यालय उदयपुर गाईघाटले जनाएको छ । 

सनुवागाउँ क्षेत्रमा डढेलो आउन शुरु गरेपछि बुधबार साँझदेखि गाउँ बचाउनका लागि नेपाली सेना, जिल्ला प्रहरी, सशस्त्र प्रहरीसहित वनका कर्मचारी र उभभोक्तासहित ४०० भन्दा बढी जनशक्तिले डढेलो नियन्त्रणमा लिने प्रयास शुरु गरिएको डिभिजन वनका सूचना अधिकृत साहले बताउनुभयो । बुधबार साँझदेखि रातभरि नै सुनुवा क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय उपभोक्तासमेत डढेलो नियन्त्रणमा लागिरहेको डिभिजन वन कार्यलय गाईघाटले जनाएको छ । रातभरि डढेलो नियन्त्रणका प्रयास गरेपनि तीव्र हावाहुरीका कारण  समस्या भइरहेको डिभिजन वन कार्यलय गाईघाटले जनाएको छ । 

सोमबारदेखि त्रियुगा नगपालिका–११ नवउदय सामुदायिक वनमा लागेको डढेलो अहिले २०० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको छ । तीव्ररूपमा हावाहुरी चलेका कारण डढेलो छिटो फैलिएको स्थानीयवासीको भनाइ छ । त्रियुगा नगरपालिका–११ स्थित चपनगाउँसमेत डढेलोको जोखिममा परेको छ भने यस क्षेत्रमा समेत गए रातिदेखि नै नेपाली सेना, प्रहरी र स्थानीय उपभोक्ता डढेलो नियन्त्रणमा लागिरहेको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ । डढेलो लगाउने व्यक्तिको पहिचान हुन नसकेको वन उपभोक्ता समितिले जनाएको छ । वन क्षेत्रमा वस्तुभाउ चराउने तथा घाँस काट्ने व्यक्तिले जानाजान आगो लगाउने गरेको स्रोतले जनाएको छ ।

हिउँदमा झरेका पातपतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि पातपतिङ्गर डढाउने उद्देश्यले वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ । वनमा लगाइने आगोले पार्ने दीर्घकालीन असरका बारेमा उपभोक्तालाई जानकारी गराउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल