२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कलेजो प्रत्यारोपण शुरु चितवन मेडिकल कलेजमा

१२ चैत्र २०७७, बिहीबार ०९:१७

चैत १२, चितवन । चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । एक वर्षदेखि काठमाडौँमा उपचार गराउँदै आउनुभएका भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आउनुभएका लामालाई उहाँकी छोरी उषा तामाङले कलेजो दान गर्नुभएको थियो । 

राजधानी बाहिर कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अनुमति लिई पहिलो पटक सफल प्रत्यारोपण गरिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

कलेजो प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक सर्जन डा सञ्जय यादव, डा एकानन्द सिंह, डा प्रवीण जोशी, डा जयन्तकुमार साह, डा अभिषेक भट्टराई,  एनेस्थेसियोलोजिष्ट डा किरण अधिकारी, डा सुरेश गौतम, डा नवीन यादवलगायतको समूहले सफल प्रत्यारोपण गरेको बताइएको छ । 

विगत वर्षदेखि कलेजो प्रत्यारोपणका लागि आन्तरिक तयारी गरिरहेको कलेजले आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति र  कलेजोसम्बन्धी विशेषज्ञका प्रयासबाट कलेजो प्रत्यारोपण गरेको उहाँको भनाइ छ । कलेजो प्रत्यारोपणका लागि चार सर्जन, तीन क्रिटिकल केयर, तीन एनेस्थेसियोलोजिष्ट र १० विशेषसहितको टोली अस्पतालमा छ । 

नेपालमा नै उपचार र शिक्षणमा अग्रणी मानिने कलेजका प्रबन्ध निर्देशक एवं अध्यक्ष प्रा डा हरिशचन्द्र न्यौपानेले सफल रुपमा कलेजो प्रत्यारोपण गर्नु कलेजको उपलब्धिका रुपमा लिइएको बताउनुभयो । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र र काठमाडौँको शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुँदैआएको छ । 

यहाँ उपचारका लागि रु २५ लाख लाग्ने उहाँले जानकारी दिनुभयो । अहिले अस्पतालमा कलेजोको उपचारका लागि दैनिक १० देखि २० जना आउने गरेको र तीमध्ये २० प्रतिशत कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अस्पतालले जनाएको छ ।  अस्पतालले विसं २०७६ वैशाखमा कलेजो प्रत्यारोपणका लागि अनुमति लिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ