१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा मुलुककै पहिलो सिकलसेल उपचार केन्द्र

१३ चैत्र २०७७, शुक्रबार ०८:२७

चैत १३, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले मुलुकमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको छ । अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । 

बारबर्दियामा नगरपालिकाको रु चार करोड ३३ लाख ५० हजार ३८ को लगानीमा यो केन्द्र बन्न लागेको बारबर्दिया नगरपालिकाका लेखा अधिकृत वसन्तबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो,  “टिडीआर कन्स्ट्रक्सन प्राली धनगढीले यो अस्पताल बनाउन सम्झौता गरी लागेको हो । सत्र कोठे अस्पतालको भवन निर्माण भएपछि बारबर्दिया नगरपालिकाका सिकलसेल रोगका बिरामी अन्तै उपचार गर्न जान पर्दैन ।” सम्झौताअनुसार समयमै केन्द्रको भवन निर्माण कार्य भइरहेको कन्स्ट्रक्सनका इञ्जिनीयर दीपेन्द्र शाहले बताउनुभयो । 

भवन निर्माण भएपछि करीब ६० हजार जनताले बारबर्दिया नगरपालिकाले सेवा पाउनेछन् ।

पश्चिम नेपालमै थारुमा समस्याका रुपमा रहेको सिकलसेल रोगले धेरै जनता पीडित भएपछि आफ्नो नगरपालिकाको कार्यसमितिले निर्णय गरेर यो रोग उत्थान गर्नका लागि आफूहरुले अस्पतालका लागि भवन निर्माण गर्न लागेको बारबर्दिया नगरपालिकाको नगरप्रमुख दुर्गाबहादुरले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल