प्रकाश धौलाकोटी । साउन २४, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा आइतबार सूचनाको हक सम्बन्धी अन्तरक्रिया का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी । साउन २४, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा आइतबार सूचनाको हक सम्बन्धी अन्तरक्रिया का"/>
२७ पुष २०८२, आईतवार
तेह्रथुम - TRT

सूचनाको हकको व्यवहारिक प्रयोग बढ्दै

२४ श्रावण २०७३, सोमबार ०२:३१

प्रकाश धौलाकोटी । साउन २४, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा आइतबार सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा सन्चालित कार्यक्रममा सहभागीले सूचनाको हकको व्यवहारिक प्रयोगको प्रवर्धनमा जोड दिएका छन् ।

सूचनाको हकले सेवा प्रवाह गर्ने निकायलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउने निष्कर्ष निकाल्दै सहभागीले त्यसको व्यवहारिक प्रयोगमा सबै नागरिकको पहुँच पुर्याइनुपर्ने बताए । आठराई क्षेत्रका ह्वाकु, ईवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, सक्रान्तिबजार र खाम्लालुङ गाविसका ३५ बढी सहभागी कार्यक्रमको सहजीकरण सूचनाको हकका अभियन्ता प्रकाश धौलाकोटीले गर्नुभएको थियो । 

यस क्षेत्रमा पछिल्लो समय सूचनाको हक निकै प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ । विभिन्न गाविसमा सूचना माग्ने, प्राप्त सूचनाबारे समुदायमै छलफल गर्ने र सम्बन्धित निकायलाई नागरिकहरुप्रति जवाफदेही बनाउने क्रियाकलापहरु भइरहेको देउराली सोसाइटी, तेह्रथुमका नागरिक शिक्षा अधिकृत खगेन्द्र सापकोटाले बताउनुभयो । कार्यक्रम एक्सनएड नेपालको आर्थिक सहयोगमा देउराली सोसाइटी तेह्रथुमले आयोजना गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला