२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

२०७७, १६ चैत्र सोमबार ०५:३५

चैत १६, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । पर्यटन विभागले ठेक्कामार्फत अन्नपूर्ण, नीलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु गरेको हो । 

विभागका इञ्जीनियर सचिन्द्रदेव यादवले रु दुई करोड ५० लाखमा ठेक्का लिएको थानी–एनबी जेभीले पदमार्ग निर्माण शुरु गरेको बताउनुभयो । “पदमार्ग, पुल र पोर्टर सेल्टर (आश्रयस्थल) बनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “आवश्यकताका आधारमा डिजाइनअनुसार ठेकेदारले तोकिएको परिणाममा पूर्वाधार बनाउने सम्झौता भएको छ ।” आगामी आर्थिक वर्ष २०७८÷७९ मा पदमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ । विभिन्न ठाउँमा ढुङ्गाको सिँढी चिनेर, सोलिङ गरेर, माटो, पहाड काटेर, रेलिङ राखेर दुई मिटर फराकिलो पाँच किलोमिटरभन्दा बढी पदमार्ग बनाउने लक्ष्य छ । हुमखोला, फुतफुते झरना, भुसकेत र दुला भन्ने ठाउँमा भरिया तथा पर्यटक बस्न मिल्ने आश्रयस्थल बनाउन लागिएको छ ।

यसैगरी दुई ठाउँमा पुल निर्माण गर्ने योजना छ । पन्ध्र किलोमिटर दू्रीको विभिन्न ठाउँमा पदमार्ग बनाउने गरी ठेकेदारले काम गरिरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविर जोड्ने पदमार्ग निर्माण गर्न लागिएको हो । सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलोपटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलोपटक आरोहण भएको हिमाल हो । 

नारच्याङका अगुवाहरुले विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्यसहित मिस्ट्रीखोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । पहिलो चरणमा मानिस मात्र हिँड्न मिल्ने पदमार्ग बनाइएको छ । अक्करे पहाड काटेर मानिस हिँड्ने बाटो बनाएको छ । कतिपय ठाउँमा काठमा टेकेर पहाड पार गर्नुपर्ने अवस्था छ । गाउँपालिकाले पदमार्गको नक्शा तयार पारेको छ । आधारभूतस्तरको पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ । होटल तथा लज नभएकाले क्याम्पिङ पदयात्रा गर्नुपर्ने हुन्छ । 

नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण हो । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ । 

समुद्री सतहबाट चार हजार ५०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

 पिप्ले सिँचाइ आयोजना निर्माण अन्तिम चरणमा 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा सिँचाइ आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत सिँचाइ आयोजना निर्माण गर्न लागेको हो । गत आवमा मुहानमा पानी सङ्कलन गर्ने ट्याङ्की, नहर र पाइप लाइन निर्माण भएको आयोजनालाई यसपालि नहर बनाएर पूर्णता दिन लागिएको उपभोक्ता समितिका सदस्य मोहन कार्कीले बताउनुभयो । 

गत वर्ष रु २१ लाख खर्च भएको आयोजनाका लागि चालु आवमा रु २५ लाख विनियोजन भएको छ । यस वर्ष ४०० मिटर नहर निर्माण गर्ने सम्झौता भएकामा ३०० मिटरभन्दा बढी निर्माण गरिसकेको सदस्य कार्कीले बताउनुभयो । तीस सेन्टिमिटर उचाइ र ३० सेन्टिमिटर चौडाइ भएको पक्की नहर निर्माण गर्न लागिएको हो । गत वर्ष २८५ मिटर नहरसमेत निर्माण भएको थियो । आगामी असारमा सक्ने सम्झौता भए पनि स्थानीय उपभोक्ता र मजदुरको सक्रियताका कारण नहर निर्माणको काम धमाधम गरिएको सदस्य कार्कीले बताउनुभयो । 

आयोजना निर्माण भएपछि पिप्लेका करिब डेढ सय घरधुरी कृषकको ४०० रोपनी जग्गामा सिँचाइ सुविधा पुग्ने उपभोक्ता समितिले जनाएको छ । टाढाको मुहानबाट पाइपमा पानी ल्याउँदा लगानी बढी पर्ने र कच्ची नहरमा चुहावट हुने समस्या थियो । नयाँ सिँचाइ आयोजना निर्माण भएपछि सिँचाइ गर्न सहज र कृषि उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ