साउन २४, काठमाडौं । भारतको बिहारबाट गत बिहीबार अपहरणमा परेकी एक बालिकाको नेपाल प्रहरीले विराटनगरबाट उद्धार गरेको छ । स्कुलबाट छुट्टी भएलगत्तै अपहरणमा परेकी ४ वर्षीया बालिका स्पर्श अग्रवाललाई नेपाल प्रहरीले सकुशल उद्धार गरेको हो ।

ति बालिकालाई अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौं । भारतको बिहारबाट गत बिहीबार अपहरणमा परेकी एक बालिकाको नेपाल प्रहरीले विराटनगरबाट उद्धार गरेको छ । स्कुलबाट छुट्टी भएलगत्तै अपहरणमा परेकी ४ वर्षीया बालिका स्पर्श अग्रवाललाई नेपाल प्रहरीले सकुशल उद्धार गरेको हो ।

ति बालिकालाई अ"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतबाट अपहरण परेकि भारतीय बालिकाको नेपाल प्रहरीद्वारा उद्धार

२०७३, २४ श्रावण सोमबार ०८:००

साउन २४, काठमाडौं । भारतको बिहारबाट गत बिहीबार अपहरणमा परेकी एक बालिकाको नेपाल प्रहरीले विराटनगरबाट उद्धार गरेको छ । स्कुलबाट छुट्टी भएलगत्तै अपहरणमा परेकी ४ वर्षीया बालिका स्पर्श अग्रवाललाई नेपाल प्रहरीले सकुशल उद्धार गरेको हो ।

ति बालिकालाई अपहरण गरेर नेपाल ल्याएको खबर पाएलगत्तै क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले अनुसन्धान सुरु गरेको थियो । सिआइबी र क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले चार दिनपछि ति बालिकालाई सकुशल अपहरणमुक्त गराएको हो । ति बालिका बिहारको कटिहारस्थित पेट्रोलपम्प सञ्चालन गर्दै आएका भानु अग्रवालकि छोरी हुन् ।

प्रहरीको अनुसार पेट्रोल पम्प सञ्चालक भानुकै ड्राइभर मिथुन पासवानले बालिकाको अपहरण गरेको खुलाशा भएको छ । साथै ति ड्राईभरलाई विराटनगरका दिनेश गुप्ता र अर्का एक जना ड्राइभरले अपहरणमा सहयोग गरेका थिए । उनीहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

अपहरणका मुख्य योजनाकार मिथुन पासवानले बालिकालाई नम्बर प्लेट नखुलेको मोटरसाइकलमा राखेर नेपाल ल्याएर विराटनगरको भण्टाबारीमा राखे त्यसपछि ति अपहरणकारीहरुले भोलिपल्ट त्यहाँबाट भेडेटारस्थित एक होटलमा राखेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानमा सिआइबीले प्राबिधिक सहयोग गरेको थियो । सीआइबिकै सूचनाको आधारमा दिनेश गुप्ता पक्राउ परेपछि बालिका राखिएको ठाउँ पत्ता लागेको हो । बालिकाको परिवारसँग अपहरणकारीले एक करोड रुपैयाँ फिरौती माग गरेका थिए । तर नेपाल प्रहरीको सक्रियताका कारण बालिकाको सकुशल उद्धार मात्र भइनन उनीहरुले अपहरणकारीहरुलाई फिरौती समेत बुझाउनु परेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति