गुल्मीको मु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गुल्मीको मु"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको बडिगाडमा बम बिष्फोटमा परि २ जना गम्भीर घाइते

२०७७, १९ चैत्र बिहीबार ११:५४

कमल पौडेल । चैत १९, बाग्लुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरमा माछा मार्न बम निर्माणको क्रममा विस्पोट हुँदा २ जना सक्त घाइते भएका छन्।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरका वर्ष ३१ का मित्र बहादुर राना र बडिगाड गाउँपालिका वडा नं. २ हाडिखोलाका वर्ष २८ का अरुण पुन घाइते भएको र उनिहरुको उपचारको लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्लि मगरले जानकारी दिनुभएको छ। 

स्थानिय दुर्गा बहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा पट्कीदा उनिहरु घाइते भएका हुन् । घाइतेहरुको अवस्था गम्भिर रहेको छ। सो घटनामा अन्य ३ जना पनि संलग्न रहेको प्रत्यक्षदर्शिले बताएका छन्। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

घटना लगत्तै प्रहरी उपरिक्षक पल्लि सहित को टोली घटनास्थलमा पुगेको थियो। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरिक्षक अर्जुनध्वज मल्ल नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ। 

घटनास्थलवाट बम बनाउन प्रयोग गरिएको डेटोनेटर, सुतली तथा सलाइ लगाएतका सामाग्रि प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन