२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बम विस्फोट : एकको मृत्यु, एकको उपचार हुँदै

२०७७, २० चैत्र शुक्रबार ०५:२७

चैत २०, बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ । 

गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो । 

विष्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२, हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ । स्थानीयवासी दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा एक्कासि विष्फोट हुँदा दुई जना बिहीबार दिउँसो गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन