२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बडिगाड झडप : घटनामा संलग्न आठ सार्वजनिक

२०७७, २० चैत्र शुक्रबार ०९:४७

चैत २०, बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड झडप घटनामा संलग्न आठ जनालाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ । होली पूर्णिमाका दिन भएको झडप घटनामा संलग्न बडिगाड गाउँपालिका–१० का २३ वर्षीय मिलन बुढामगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढामगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढामगर, तीर्थलाल बुढामगर, ३१ वर्षीय सूर्य बुढामगर र ४६ वर्षीय ढालबहादुर बुढामगरलाई प्रहरीले सार्वजनिक गरेको हो । 

चैत १५ गते होली खेल्ने क्रममा बडिगाड गाउँपालिका–१० र निसीखोला गाउँपालिका–७ को सिमाना बल्देधुरीमा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । घटनामा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको ज्यान गएको थियो ।

प्रहरीले मिलन बुढामगर र रेशम बुढामगरलाई गुल्मीको मदाने गाउँपालिकाबाट, कुमार छन्त्याललाई रुपन्देही, रेशम बुढामगरलाई बुर्तिबाङ, सूर्य बुढामगर र ढालबहादुर बुढालाई दर्लिङबाट पक्राउ गरेको र दुई जना जिल्ला प्रशासनमा आएर आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । 

पक्राउ परेका आठ जनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मगरको भनाइ छ । पीडित पक्षले छ विरुद्ध किटानी जाहेरी दिएका थिए । जसमध्ये चार जना पक्राउ परेका छन् । घटनामा धेरै युवा संलग्न भएको भन्दै अनुसन्धानका लागि प्रहरी खटिएको पल्लीमगरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन