साउन २४, सल्यान | शैक्षिक क्षेत्रमा देखीएका कमिकमजोरीहरुलाई हटाउनको लागी भन्दै आज जिल्ला शिक्षा कार्यालय सल्यानमा ज्ञापन पत्र बुझाईएको छ । नेपाल बिद्यालय कर्मचारी परिषद जिल्ला शाखा सल्यानले उक्त ज्ञापन पत्र बुझाएको हो । 

शिक्षा ऐनको आठौँ स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, सल्यान | शैक्षिक क्षेत्रमा देखीएका कमिकमजोरीहरुलाई हटाउनको लागी भन्दै आज जिल्ला शिक्षा कार्यालय सल्यानमा ज्ञापन पत्र बुझाईएको छ । नेपाल बिद्यालय कर्मचारी परिषद जिल्ला शाखा सल्यानले उक्त ज्ञापन पत्र बुझाएको हो । 

शिक्षा ऐनको आठौँ स"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शैक्षिक कमिकमजोरीहरुलाई हटाउनको भन्दै जिशिका सल्यानमा ज्ञापनपत्र

२०७३, २४ श्रावण सोमबार १६:४०

साउन २४, सल्यान | शैक्षिक क्षेत्रमा देखीएका कमिकमजोरीहरुलाई हटाउनको लागी भन्दै आज जिल्ला शिक्षा कार्यालय सल्यानमा ज्ञापन पत्र बुझाईएको छ । नेपाल बिद्यालय कर्मचारी परिषद जिल्ला शाखा सल्यानले उक्त ज्ञापन पत्र बुझाएको हो । 

शिक्षा ऐनको आठौँ संसोधनमा थपिएका दफा १६ ठ को उपदफा ३ र ५ आएको र यसले शिक्षा ऐनको नियामावली बमोजिम नियुक्त भएका तथा समायोजन भएका हजारौँ बिद्यालयका कर्मचारीहरुको भबिष्य अन्यौलमा  पारेको भन्दै ती कुराहरुलाई सच्याउनको लागी ज्ञापन पत्र बुझाएको नेपाल बिद्यालय कर्मचारी परिषद सल्यानका अध्यक्ष राम प्रसाद कुमाईले जानकारी दिनुभयो । आज जिल्ला शिक्षा कार्यालय सल्यानमा ९ बुदेँ ज्ञापन पत्र बुझाईएको छ । 

ज्ञापन पत्रमा  बिद्यालय कर्मचारीको तथ्याङं संकलन गरी यथाशिघ्र शिक्षा बिभागमा पठाउनु पर्ने, बिद्यालय कर्मचारीहरुको  चौमासिक माग फाराम भराई माग फाराम बमोजिमको चौमासिक तलब भत्ता बिद्यालयको खातामा पोष्टिङ गर्नुपर्ने, बिद्यालय मर्ज गर्दा बिद्यालय कर्मचारीहरुलाई अबकास गर्न नपाईने, बिद्यालय कर्मचारीहरुको सेवा सर्त, सुबिधा तोकी बिद्यालयलाई परिपत्र गर्नु पर्ने माग रहेका छन् । यस्तै शिक्षा ऐन प्रारम्भ हुदाका बखत बिद्यालयमा कार्यरत कर्मचारीहरुको संख्या भन्दा कम नहुने गरी स्कीकृत गर्नुपर्ने, शिक्षा ऐन प्रारम्भ हुनु अघि नियुक्त भई अबिछिन्न रुपमा कार्यरत  बिद्यालय कर्मचारीहरुको सतप्रतिशत आन्तरिक प्रतिसपर्धा गराई पदपूर्ती गर्नुपर्ने लगाएतका माग रहेका छन् । 

ज्ञापन पत्र बुझ्दै सहायक जिल्ला शिक्षा अधिकारी दिनानाथ पन्थीले नेपाल बिद्यालय कर्मचारी परिषद जिल्ला शाखा सल्यानले  राखेका मागहरु जायज भएकाले ती मागहरुको संम्बोधन तथा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । साथै उहाँले शिक्षा ऐन सम्बन्धीका मागहरुलाई यथासिघ्र शिक्षा बिभागमा पठाउने बताउनु भयो । नेपाल बिद्यालय कर्मचारी परिषद जिल्ला शाखा सल्यानले भने आफ्ना मागहरुको सुनुवाईमा ढिलासुस्ती भएमा  चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । – बुद्धि पुन

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै