साउन २४, सल्यान | शैक्षिक क्षेत्रमा देखीएका कमिकमजोरीहरुलाई हटाउनको लागी भन्दै आज जिल्ला शिक्षा कार्यालय सल्यानमा ज्ञापन पत्र बुझाईएको छ । नेपाल बिद्यालय कर्मचारी परिषद जिल्ला शाखा सल्यानले उक्त ज्ञापन पत्र बुझाएको हो । 

शिक्षा ऐनको आठौँ स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, सल्यान | शैक्षिक क्षेत्रमा देखीएका कमिकमजोरीहरुलाई हटाउनको लागी भन्दै आज जिल्ला शिक्षा कार्यालय सल्यानमा ज्ञापन पत्र बुझाईएको छ । नेपाल बिद्यालय कर्मचारी परिषद जिल्ला शाखा सल्यानले उक्त ज्ञापन पत्र बुझाएको हो । 

शिक्षा ऐनको आठौँ स"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शैक्षिक कमिकमजोरीहरुलाई हटाउनको भन्दै जिशिका सल्यानमा ज्ञापनपत्र

२४ श्रावण २०७३, सोमबार १६:४०

साउन २४, सल्यान | शैक्षिक क्षेत्रमा देखीएका कमिकमजोरीहरुलाई हटाउनको लागी भन्दै आज जिल्ला शिक्षा कार्यालय सल्यानमा ज्ञापन पत्र बुझाईएको छ । नेपाल बिद्यालय कर्मचारी परिषद जिल्ला शाखा सल्यानले उक्त ज्ञापन पत्र बुझाएको हो । 

शिक्षा ऐनको आठौँ संसोधनमा थपिएका दफा १६ ठ को उपदफा ३ र ५ आएको र यसले शिक्षा ऐनको नियामावली बमोजिम नियुक्त भएका तथा समायोजन भएका हजारौँ बिद्यालयका कर्मचारीहरुको भबिष्य अन्यौलमा  पारेको भन्दै ती कुराहरुलाई सच्याउनको लागी ज्ञापन पत्र बुझाएको नेपाल बिद्यालय कर्मचारी परिषद सल्यानका अध्यक्ष राम प्रसाद कुमाईले जानकारी दिनुभयो । आज जिल्ला शिक्षा कार्यालय सल्यानमा ९ बुदेँ ज्ञापन पत्र बुझाईएको छ । 

ज्ञापन पत्रमा  बिद्यालय कर्मचारीको तथ्याङं संकलन गरी यथाशिघ्र शिक्षा बिभागमा पठाउनु पर्ने, बिद्यालय कर्मचारीहरुको  चौमासिक माग फाराम भराई माग फाराम बमोजिमको चौमासिक तलब भत्ता बिद्यालयको खातामा पोष्टिङ गर्नुपर्ने, बिद्यालय मर्ज गर्दा बिद्यालय कर्मचारीहरुलाई अबकास गर्न नपाईने, बिद्यालय कर्मचारीहरुको सेवा सर्त, सुबिधा तोकी बिद्यालयलाई परिपत्र गर्नु पर्ने माग रहेका छन् । यस्तै शिक्षा ऐन प्रारम्भ हुदाका बखत बिद्यालयमा कार्यरत कर्मचारीहरुको संख्या भन्दा कम नहुने गरी स्कीकृत गर्नुपर्ने, शिक्षा ऐन प्रारम्भ हुनु अघि नियुक्त भई अबिछिन्न रुपमा कार्यरत  बिद्यालय कर्मचारीहरुको सतप्रतिशत आन्तरिक प्रतिसपर्धा गराई पदपूर्ती गर्नुपर्ने लगाएतका माग रहेका छन् । 

ज्ञापन पत्र बुझ्दै सहायक जिल्ला शिक्षा अधिकारी दिनानाथ पन्थीले नेपाल बिद्यालय कर्मचारी परिषद जिल्ला शाखा सल्यानले  राखेका मागहरु जायज भएकाले ती मागहरुको संम्बोधन तथा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । साथै उहाँले शिक्षा ऐन सम्बन्धीका मागहरुलाई यथासिघ्र शिक्षा बिभागमा पठाउने बताउनु भयो । नेपाल बिद्यालय कर्मचारी परिषद जिल्ला शाखा सल्यानले भने आफ्ना मागहरुको सुनुवाईमा ढिलासुस्ती भएमा  चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । – बुद्धि पुन

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला