सन्तोषकुमार गुप्ता । साउन २४, भालुवाङ । देउखुरीको सिसहनियाँ—६ बिजौरीमा सोमबार राती करिब ७ बजे मोटरसाईकल दुर्घटना हु"/>
सन्तोषकुमार गुप्ता । साउन २४, भालुवाङ । देउखुरीको सिसहनियाँ—६ बिजौरीमा सोमबार राती करिब ७ बजे मोटरसाईकल दुर्घटना हुँदा एक युवक गम्भीर घाईते भएका छन्, भने दुई जना समान्य घाईते भएका छन् । लमहीबाट भालुवाङ तर्फ आउँदै गरेको बा ७८ प ९८२६ नम्बरको मोटरसाईकलले सोही दिशाबाट आईरहेको साईकल यात्रीलाई बचाउने क्रममा पूर्व—पश्चिम राजमार्ग अन्र्तगत बिजौरी चोकको प्रतिक्षालय नजिक अन्यत्र्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार काठमाडौँ महानगरपालिका—३३ का करिब ३२ बर्षीय पवन श्रेष्ठ गम्भीर घाईते हुनु भएको छ । घाईते श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भयो । त्यस्तै मोटरसाइकल चालक चितवन जिल्ला रतननगर—८का ३५ बर्षीय गोबिन्द शर्मा र साईकल चालक लालमटिया—५ मौरीघाट निवासी ३५ बर्षीय मोहनलाल चौधरी घाईते हुनु भएको छ । घाईते शर्मालाई थप उपचारका लागि बुटवल पठाईएको छ भने चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार घर पठाई सकिएको प्रहरी प्रमुख केसीले जानकारु िदिनु भयो ।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भीर घाईते
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार