२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि लकडाउन हुन्छ ? सरकारका प्रवक्ताको भनाइ यस्तो

२०७७, २७ चैत्र शुक्रबार ११:२४

चैत २७, काठमाडौँ । पछिल्लो समय फेरि कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा संचालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरिसकेको छ । मुलुकमा फेरि लकडाउनको चर्चा चलिरहेका बेला सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले आवश्यक परामर्श र छलफल गरेर मात्र निर्णय गर्ने बताएका छन् । शुक्रबार

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गुरुङले आम नागरिको चाँसो र चिन्ताको विषय भएकाले कोरोनाबाट कसरी बच्ने भन्ने कुरामा सरकारले निर्णय गर्ने बताए ।

'आम नागरिको चाँसो र चिन्ताको विषय हो, कसरी जान्छ भन्ने कुरामा तपाई हामीले पनि अनुमान गर्ने कुरा हो, कसरी अब कोरोनाबाट बच्न सकिन्छ भन्ने कुरा र हामी राष्ट्रकै हितमा गर्ने हो।' उनले भने, 'हामी के भन्छौ भने, यस्ता महामारीबाट कसरी बच्न सकिछ, कसरी शुरक्षित रहन सकिछ,नेपाली जनताको जीवन शुरक्षा गर्न सकिन्छ भन्ने कुरामा सरकाले निर्णय लिन्छ ।'

सरकारले विभिन्न अध्ययन गरेर सबैको परामर्श लिएर,छलफल गरेर कोरोनाको संक्रमणलाई कसरी व्यवस्थापन गर्ने,कुन मापदण्ड बनाउने,विद्यालय संचालनमा के गर्ने बारे सरकारले सोचेर नीतिहरु बनाउने र त्यो अनुसारको कार्ययोजना बनाउने उनले बताए ।

'विभिन्न अध्ययन गरेर सबैको परामर्श लिएर,सबैसँग छलफल गरेर यसको संक्रमणलाई कसरी व्यवस्थापन गर्ने, कुन आचारसंहिता,कुन मापदण्ड बनाउने,विद्यालय संचालनमा के गर्ने, सभासम्मेलन के गर्ने, हाम्रा दैनिक जीवनमा चलिरहेका गतिविधिलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सरकारले सोचेर नीतिहरु बनाउने छ ।' उनले  भने, 'त्यो अनुसारको कार्ययोजना बनाउने र त्यो कार्ययोजना नै बनेपछि निर्णयको आधिकारिक  जानकारी गराउने छौं,मन्त्रिपरिषद्को स्विकृत निर्णय छिट्टै आउने छ ।'

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले फेरि विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । पछिल्लो समय छिमेकि मुलुकमा कोरोना संक्रमित बढ्न थालेपछि भारतले विभिन्न प्रान्तमा लकडाउन गर्न थालिसकेको छ ।

यसअघि बुधबार मन्त्रालयले रात्रीकालिन व्यापार तथा व्यवसाय राति ९ बजे पछि बन्द गर्न निर्देशन दिइसकेको छ । मन्त्रलायले कोरोनाभाइरसबाट बच्न भिडभाड नगर्न, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो