साउन २५, चितवन | तीन दिन अघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, चितवन | तीन दिन अघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् ।"/>
२०८२, २४ चैत्र मंगलवार
चितवन - CTW

नदीमा बेपत्ता डाक्टर अझै फेला परेनन्

२०७३, २५ श्रावण मंगलवार ०३:३०

साउन २५, चितवन | तीन दिन अघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् । 

भरतपुर उपमहानगरपालिकाको काभ्रेघाट नजिकै गत शनिबार साँझ पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका थिए । 

वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा भरतपुर उपमहानगरपालिका–४ घर भएका चिकित्साशास्त्रका विद्यार्थी दीपक काफ्ले र कन्चनपुर जिल्लाको महेन्द्रनगरका डा पुकार खरेल रहेका छन् । काफ्ले भरतपुर मेडिकल कलेजमा बिडिएस अन्तिम वर्षमा अध्ययनरत र डा खरेल इन्टर्न गरिरहेका थिए । 

उनीहरुसँगै पौडी खेलेका एक जनाको बग्न लागेको अवस्थामा उद्धार गरिएको थियो । इन्टर्न र अन्तिम वर्षमा पढिरहेका आठजना बिदाको दिन पारेर पौडी खेल्न गएका थिए । 

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक राजु थापाका अनुसार शनिबारदेखि नै उनीहरुको खोजी कार्य जारी रहेको छ । कुरिनटारमा रहेको सशस्त्र प्रहरीको उद्धार टोली र जनपथ प्रहरीले सोमबार पनि खोजी कार्य जारी राखेको छ । 

सोमबार साँझसम्म पनि उनीहरुलाई फेला पार्न नसकिएको थापाले बताउनुभयो । खोजी कार्यमा परिवार र आफन्त समेत जुटेको भए पनि नदीमा बाढी आएका कारण खोजी कार्य कठिन भएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै