साउन २५, पर्वत । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । 

तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, पर्वत । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । 

तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षी"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोलामा हामफालेकी युवतीको अवस्था अज्ञात

२०७३, २५ श्रावण मंगलवार ०६:०५

साउन २५, पर्वत । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । 

तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया यशोदा थापाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । उनी आइतबार बिहान हाम फालेकी थिइन् । 

दक्षिण बागलुङको जैदी गाविस घर भई कुश्मा नगरपालिका–९ मेलमिलापचोकमा डेरा गरी बस्ने थापाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । निरन्तरको वर्षाले मोदीखोलाको बहाव उच्च भएकाले पनि खोजीकार्यमा कठिनाइ भएको छ । 

मोदीखोला माथि रहेको मुलुककै अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुल नजिकैबाट उनी हाम फालेको देखेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । 

उनी हामफालेको स्थानबाट रु तीन हजार ६०० नगदसहित उनले प्रयोग गर्दै आएको सामसुङ मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले खोला किनारमा खोजतलास जारी राखेको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते