साउन २५, पर्वत । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । 

तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, पर्वत । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । 

तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षी"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोलामा हामफालेकी युवतीको अवस्था अज्ञात

२५ श्रावण २०७३, मंगलवार ०६:०५

साउन २५, पर्वत । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । 

तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया यशोदा थापाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । उनी आइतबार बिहान हाम फालेकी थिइन् । 

दक्षिण बागलुङको जैदी गाविस घर भई कुश्मा नगरपालिका–९ मेलमिलापचोकमा डेरा गरी बस्ने थापाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । निरन्तरको वर्षाले मोदीखोलाको बहाव उच्च भएकाले पनि खोजीकार्यमा कठिनाइ भएको छ । 

मोदीखोला माथि रहेको मुलुककै अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुल नजिकैबाट उनी हाम फालेको देखेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । 

उनी हामफालेको स्थानबाट रु तीन हजार ६०० नगदसहित उनले प्रयोग गर्दै आएको सामसुङ मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले खोला किनारमा खोजतलास जारी राखेको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक