२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको उत्तर प्रदेशमा आइतबार देखि लकडाउन, मास्क नलगाए १ हजार जरिवाना

२०७८, ३ बैशाख शुक्रबार ०९:२१

बैशाख ३, काठमाडौँ । भारतको उत्तर प्रदेश सरकारले आइतबार देखि लकडाउन लगाउने निर्णय गरेको छ । पछिल्लो समय कोरोनाको संक्रमण दर बढ्दै गएकाले आइतबार देखि लकडाउन लगाउने  निर्णय प्रदेश सरकाले गरेको हो । 

शुक्रबार प्रदेश सरकाले मास्क नलगाए १ हजार र दोस्रो पटक पनि मास्क नलगाइएको पाइए १० हजार जरिवाना गरिने बताएको छ । उक्त अवधिमा सबै ग्रामीण र सहरी क्षेत्रहरूमा सरसफाइ र आपतकालीन सेवाहरू सञ्चालन हुने छन् ।

यसअघि मुख्यमन्त्री योगी आदित्यनाथले कोभिड व्यवस्थापनको सम्बन्धमा जिल्लाका सबै अधिकारीहरुलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका थिए । सरकारी र निजी प्रयोगशालाहरूमा पूर्ण क्षमतामा 

कोभिड परीक्षण गर्न मुख्यमन्त्रीले निर्देशन दिएका छन् । 

बिहिबार भारतको दिल्ली सरकारले कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएपछि कर्फ्यु लगाइएको छ । भारतमा पछिल्लो समय कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएको छ । बिहिबार मात्रै भारतमा हाल सम्मकै सर्वाधिक २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको छ । बिहीबार एकैदिनमा एक हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७४ हजार नाघेको छ ।पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने, बुधबार र बिहीबार २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन्  । 

यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली