२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी मूलुक सहित मलेसियामा कोरोनाको अवस्था कस्तो छ ?

२०७८, ३ बैशाख शुक्रबार ११:०७

वैशाख ३, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालको प्रमुख श्रम गन्तव्य खाडीका देशहरु र मलेसियमा समेत फैलिएको छ । वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएका यी मुलुकहरुमा कतै कोरोनाको संक्रमण बढेको छ भने कतै स्थिर रहेको छ । 

हाल विश्वभरि कोरोना भाइरसका संक्रमित १३ करोड ९७ लाख २२ हजार ६ सय १८ पुगेका छन् । विश्वभरी कोरोनाका कारण ३ लाख भन्दा बढीले ज्यान गुमाएका छन् । हाल सम्म संयुक्त अरब इमिरेट्समा ४ लाख ९१ हजार ४ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

हाल सम्म युएइमा १ हजार ५ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । १४ हजार ८ सय ६६ सक्रिय संक्रमित रहेको सरकारी तथ्यांक छ । यस्तै नेपालीहरुको रोजगारीको प्रमुख श्रम गन्तव्य मानिएको साउदी अरबमा हाल सम्म कोरोनाका संक्रमित ४ लाख २ हजार १ सय २२ पुगेका छन् । ६ हजार ७ सय ९१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ९ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

मलेसियामा ३ लाख ७० हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल सम्म कोरोनाका कारण १ हजार ३ सय ६५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।

नेपाली श्रमिकको रोजगारीको आकर्षक गन्तव्य मानिएको कतारमा पनि हाल सम्म १ लाख ९३ हजार ९ सय ५२ जनामा कोरोना पुष्टि भएको छ । उक्त भाइरसका कारण हाल सम्म ३ सय ५७ जनाको मृत्यु भएको छ । २१ हजार ६ सय १० जना सक्रिय संक्रमित रहेका छन् ।

कुवेतमा कोरोनाका कारण हाल सम्म २ लाख ५३ हजार ६६ जनामा संक्रमण देखिएको छ । सक्रिय संक्रमित १५ हजार २ सय ५४ रहेका छन् भने १ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् । यस्तै ओमानमा कोरोनाका संक्रमित हाल सम्म १ लाख ७६ हजार ६ सय ६८ जना पुगेका छन् । १ हजार ८ सय २१ जनाको मृत्यु भएको छ भने १८ हजार सक्रिय संक्रमित रहेका छन् ।

दक्षिण कोरियामा कोरोनाभाइरसका संक्रमित १ लाख १२ हजार ७ सय ८९ पुगेको छ । १ हजार ७ सय ९० जनाले ज्यान गुमाएका छन् भने ७ हजार ८ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै भारतमा कोरोना भाइरसका संक्रमित १ करोड ४२ लाख ९१ हजार ९ सय १७ रहेको छ भने १ लाख ७४ हजारले ज्यान गुमाएका छन् । भारतमा हाल सम्म सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार ७ सय १६ रहको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली