२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न २ जना पक्राउ

२०७८, ५ बैशाख आईतवार १२:४६

 वैशाख ५, काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाईपासमामा संलग्न रहेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ बसण्डोलबाट २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पंजाब जलान्धर सन्तोकपुरा-१ ठेगाना भएका ३१ वर्षीय राना शाह र रौतहट साविक रमौली बेरिया गाविस-६ ठेगाना भएका स्यामुल खान भन्ने ३३ वर्षीय मोसलिम मियाँ अन्सारी रहेका छन् । 

अनुमति नलिई काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा गैह्र-कानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महारागंजबाट खटिएको प्रहरीले उनीहरुलाई चन्द्रागिरी नगरपालिका-२ बसण्डोलमा कोठा भाडामा लिई अवैध अन्तर्राष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

साथै उनीहरुको कोठाबाट ६४ पोर्टको जीओआइपी गेटवए १ थान, १ थान ल्यापटप, सोको १ थान चार्जर, १ थान मोडियम, १ थान डेक्सटप स्विच, सोको १ थान एडप्टर, २ थान मोबाइल, १ थान पेन ड्राईभ, नेपाल टेलिकमको २ थान रिचार्ड कार्ड, मल्टी प्लग लगायतका विद्युतीय तारहरु, स्मार्ट टेलको २ थान सिमकार्ड होल्डर र स्मार्ट टेलको ९ थान रिचार्ड कार्ड प्रहरीले बरामद गरेको  छ । 

उनीहरु उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ