२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिवर्तन उल्ट्याउने शक्तिबाट चलखेल भयो : अध्यक्ष दाहाल

२०७८, ५ बैशाख आईतवार १५:४६

वैशाख ५, चितवन (रासस) । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भएको परिवर्तनलाई उल्ट्याउने शक्तिको चलखेल शुरु भएको बताउनुभएको छ ।

योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल)को माडी नगर भेला एवं जनसभालाई आज माडीमा सम्बोधन गर्दै उहाँले गत पुस ५ गतेको प्रतिनिधिसभा विघटनले लोकतन्त्र र गणतन्त्रमाथि ठूलो प्रहार भएको भन्दै देशमा अझै खतरा नटरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ । एकथरि तत्व लागिपरेका छन् ।” संविधानको समानुपातिक र समावेशी चरित्रमाथि प्रहार भएसँगै यसको फाइदा लिँदै परिवर्तन नचाहने यसलाई उल्ट्याउन लागिपरेको उहाँको भनाइ थियो ।

गणतन्त्रमाथि हमला गर्ने दुस्साहस भइरहेको भन्दै दाहालले भन्नुभयो, “७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन् ।” केही दिनमा नै नयाँ युगको शुरुआत हुने भन्दै उहाँले कांग्रेससहित दलसँग सरकार परिवर्तनका विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशबाट शुरु भएको परिवर्तन केही दिनमा नै केन्द्रमा पनि हुँदैछ ।” 

आफू अहिले पनि कम्युनिष्ट एकताका पक्षमा रहेको बताउँदै उहाँले प्रतिक्रियावादी शक्ति लागेर पार्टी विभाजन गराएको दाबी गर्नुभयो । आफ्नो इच्छा कम्युनिष्ट आन्दोलनका शक्तिलाई एक ठाउँमा ल्याउने रहेको भन्दै उहाँले अन्तिम अवस्थासम्म एकता गराउने बताउनुभयो । फरक प्रसङ्गमा उहाँले निकुञ्ज र माडीवासी बीचको सम्बन्ध सुधारका लागि निकुञ्ज ऐन संशोधनका लागि आफू लागिपरेको जानकारी दिनुभयो । माडीका समस्या समाधान गर्दै अघि बढ्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउने तवरले आफ्ना कार्यक्रम गाउँस्तरमा पु¥याउन कार्यकर्तालाई निर्देशन दिनुभयो । 

सो अवसरमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, वाइसिएल चितवनका इञ्चार्ज सन्तोष पनेरुलगायतले बोल्नुभएको थियो । वाइसिएलका माडी अध्यक्ष नारायण काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेलाई दाहालले स्वागत गर्नुभएको थियो ।

यसअघि अध्यक्ष दाहालले माडी नगरपालिकाको कार्यालय उद्घाटन, खोला नियन्त्रणका लागि बनाइएको ड्यामको निरीक्षण, दिवाकर स्मृति बहुप्राबिधिक शिक्षालयको उद्घाटन, रामधामको निरीक्षण र सडक उद्घाटनलगायत कार्यक्रममा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली