साउन २५, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजस्थित नालामा अस्थायी काठे पुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ । 

एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाई पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको नाला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजस्थित नालामा अस्थायी काठे पुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ । 

एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाई पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको नाला"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भारतीय एसएसबीको दादागिरी: आफ्नै भूमिमा काठे पुल निर्माण र सडक कालोपत्रे गर्न दिएन

२०७३, २५ श्रावण मंगलवार ०९:०४

साउन २५, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजस्थित नालामा अस्थायी काठे पुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ । 

एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाई पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको नालामा पुल नहुँदा नेपाल भारतका बासिन्दालाई आवतजावत अप्ठेरो परेको छ । 

नेकपा (एमाले) दोधारा चाँदनी नगर कमिटीले स्थानीयवासीको आग्रहमा सोमबार अस्थायी पुल बनाउने कार्य सुरु गरेपछि एसएसबीले रोेक लगाएको हो । कमिटीका अध्यक्ष किशोरकुमार लिम्बूले एसएसबीले दशगजा क्षेत्रमा पर्ने भन्दै पुल बनाउन नदिएको बताउनुभयो । 

उहाँका अनुसार अस्थायी पुल निर्माण रोक्नका लागि १५ जनासम्म एसएसबीका जवान आएका थिए । एसएसबीले पुल बनाउन नदिएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा बल बेस क्याम्प दोधारा चाँदनीको टोली सुन्दरनगर पुगेको थियो । सशस्त्रको टोलीसित पनि एसएसबीले दशगजा क्षेत्र भएको जिकिर गर्दै आफूहरुको निगरानीमा मात्रै पुल बनाउन पर्ने अडान दोहो¥याएको थियो । 

भारतीय पक्षले भीमदत्त नगरपालिका–१० जिमुवामा सीमा क्षेत्र नजिक सडक ग्राभेल र कालोपत्रे गर्न दिएको छैन । दशगजा क्षेत्रमा परेको जनाउँदै सडकमा कालोपत्रे गर्न रोक्ने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते