७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आग्रह

१० बैशाख २०७८, शुक्रबार ०६:०२

वैशाख १०, चितवन । जिल्ला प्रशासन कार्यालयले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गरी कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो । मन्त्रिपरिषद्को निर्णयबमोजिम भरतपुर महानगरपालिकाभित्र रहेका शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र यही वैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ । यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाबाहेक अन्य परीक्षा सञ्चालन गर्दा आलोपालो प्रणालीअनुसार सञ्चालन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भीड हुने अन्य सबै कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ ।

मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै नित्य पूजा, ध्यान र प्रार्थना मात्रै गर्ने गराउने, सपिङ मल, डिपार्टमेन्टल स्टोरमा एकपटकमा पच्चीस जना भन्दा बढी मानिस जम्मा नहुने, दुई व्यक्तिबीचको दूरी दुई मिटर कायम गर्न, मास्क अनिवार्यरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा हस्ताक्षर गरिएको सूचनामा मेला, महोत्सव, जात्रा, विवाह न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान मलामीलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा पच्चीस जनाभन्दा बढी नहुन र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ । विवाह व्रतबन्ध गर्दा पार्टी प्यालेस प्रयोग गर्नुपरेमा मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीसँग पूर्वस्वीकृति लिनसमेत अनुरोध गरिएको छ ।  

सार्वजनिक यातायातका सवारी साधनमा सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनमा नियमित स्यानिटाइजरको व्यवस्था गर्नसमेत सूचनामा अनुरोध गरिएको छ । कार्यालय र पसलजस्ता सार्वजनिकस्थलमा स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्न, सार्वजनिक तथा निजी सेवा प्रदायकले विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्न, होटल तथा रेष्टुराँ बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । 

नियमको उल्लङ्घन गरेमा सङ्क्रमण रोग ऐन २०२० बमोजिम कारवाही तथा सजाय हुने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे