२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आग्रह

२०७८, १० बैशाख शुक्रबार ०६:०२

वैशाख १०, चितवन । जिल्ला प्रशासन कार्यालयले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गरी कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो । मन्त्रिपरिषद्को निर्णयबमोजिम भरतपुर महानगरपालिकाभित्र रहेका शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र यही वैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ । यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाबाहेक अन्य परीक्षा सञ्चालन गर्दा आलोपालो प्रणालीअनुसार सञ्चालन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भीड हुने अन्य सबै कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ ।

मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै नित्य पूजा, ध्यान र प्रार्थना मात्रै गर्ने गराउने, सपिङ मल, डिपार्टमेन्टल स्टोरमा एकपटकमा पच्चीस जना भन्दा बढी मानिस जम्मा नहुने, दुई व्यक्तिबीचको दूरी दुई मिटर कायम गर्न, मास्क अनिवार्यरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा हस्ताक्षर गरिएको सूचनामा मेला, महोत्सव, जात्रा, विवाह न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान मलामीलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा पच्चीस जनाभन्दा बढी नहुन र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ । विवाह व्रतबन्ध गर्दा पार्टी प्यालेस प्रयोग गर्नुपरेमा मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीसँग पूर्वस्वीकृति लिनसमेत अनुरोध गरिएको छ ।  

सार्वजनिक यातायातका सवारी साधनमा सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनमा नियमित स्यानिटाइजरको व्यवस्था गर्नसमेत सूचनामा अनुरोध गरिएको छ । कार्यालय र पसलजस्ता सार्वजनिकस्थलमा स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्न, सार्वजनिक तथा निजी सेवा प्रदायकले विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्न, होटल तथा रेष्टुराँ बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । 

नियमको उल्लङ्घन गरेमा सङ्क्रमण रोग ऐन २०२० बमोजिम कारवाही तथा सजाय हुने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह