२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या

१० बैशाख २०७८, शुक्रबार ०९:५३

वैशाख १०,बझाङ । भारतबाट घर फर्केका बझाङकोे जयपृथ्वी नगरपालिका– ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उहाँ भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आउनुभएको थियो । 

उहाँले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो । सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहोलपुर लैैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।

 कोभिड– १९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङमा सञ्चालनमा ल्याइएका सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द भएका छन्। त्यसले गर्दा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताउनुभयो । 

जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि जनशक्ति नहँुदा सञ्चालन ल्याउन नसकिएको र उपचारमा समस्या हुने गरेको जोशीले बताउनुभयो । नयाँ वर्षका लागि घर आउनुभएका थलारा गाउँपालिकाका चार जनामा एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना सङ्क्रमण देखियो। 

आइतबार जिल्ला अस्पतालमा उपचारका लागि आएका दुर्गाथली गाउँपालिका र जयपृथ्वी नगरपालिकाका दुई जनामा लक्षण देखिएपछि परीक्षण गर्दा दुवैमा कोरोना पोजेटिभ देखियो । जिल्ला अस्पतालमै कार्यरत एक महिला स्वास्थ्यकर्मीमा पनि लक्षण देखिएपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भयो। ती स्वास्थ्यकर्मीमा यसअघि पनि कोरोना पोजेटिभ देखिएको थियो । कोभिडविरुद्धको पहिलो मात्रा भ्याक्सिन लगाउनुभएकी उहाँलाई पहिलाभन्दा कडा खालका लक्षण देखिएको छ । 

सबै जना अहिले जिल्ला अस्पतालमा छन् । बझाङका १२ वटै स्थानीय तहको पहलमा स्थापना गरिएको पिसिआर प्रयोगशाला र प्रदेश सरकारको सहयोगमा सञ्चालनमा ल्याइएका सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण सञ्चालनमा ल्याउन नसकेर त्यसै थन्किएका छन् । 

सेवा सञ्चालनका लागि चार कर्मचारी आवश्यक पर्ने र सबैको सेवासुविधा अस्पताल विकास समितिले व्यहोर्न सम्भव नभएपछि सेवा बन्द गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डा सन्दीप ओखेडाले बताउनुभयो । डा ओखेडाले भन्नुभयो, “अस्पतालमा उपलब्ध जनशक्ति र सीपकै भरमा भेन्टिलेटर सञ्चालन गर्न सम्भव भएन । सघन उपचार कक्ष र भेन्टिलेटर चलाउने जनशक्ति अस्पतालमा छैन । शुरुमा अस्पतालले सेवासुविधा व्यहोर्ने गरी कर्मचारी माग गरेका हौँ । कोही पनि आएनन् ।

 दुर्गम भनेपछि कसैले आउन मान्दैनन् । प्रदेश सरकाले अस्पतालमा कस्तो जनशक्ति आवश्यक छ भनेर माग गरेको छ । आवश्यक जनशक्ति मागका लागि पत्र पठाउने तयारीमा छौँ ।” प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्नसके चाँडै सञ्चालनमा आउँछ । जनशक्ति नहुँदा जडान गरिएका उपकरण पनि प्रयोग गर्न नपाएको उहाँको दुखेसो छ । 

रोजगारीका लागि भारत गएका घर फर्कन थालेसँगै कोरोना सङ्क्रमण देखिन थालेको छ । 

यही दरमा सङ्क्रमित थपिँदै गए प्रदेशमा उपलब्ध स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउन सक्ने चिकित्सक बताउँछन् । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दश अस्पतालमा भेन्टिलेटर र सघन उपचार कक्ष जडान गरेको थियो । तीमध्ये सेती प्रादेशिक अस्पताल, टीकापुर, महाकाली र डडेल्धुरा अस्पतालमा मात्र उपकरण प्रयोगमा रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रदेशका छ पहाडी जिल्ला अस्पतालमा जडान गरिएका सघन उपचार कक्ष र भेन्टिलेटर उपकरण प्रयोगमा आउन सकेका छैनन् । 

पाँच महीनाअघि प्रदेश सरकारको सहयोगमा पहाडी जिल्लाका अस्पतालमा अत्याधुनिक उपकरणसहित सघन उपचार कक्ष र भेन्टिलेटर जडान गरिएको थियो । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि अस्पताल भरिन थालेका छन् । सङ्क्रमणदर यही गतिमा बढे केही दिनमा उपचारका लागि सघन उपचार कक्ष र भेन्टिलेटरको अभाव हुने स्वास्थ्यकर्मी बताउँछन् । सङ्क्रमितको उपचारका लागि रेफरल अस्पताल तोकिएको सेतीको कोरोना अस्पतालमा अहिले २१ जना सङ्क्रमितको उपचार भइरहेको छ । 

देशभर उपकरण सञ्चालनका लागि दक्ष प्राविधिक जनशक्ति नहुँदा उपकरण भएर पनि सेवा सञ्चालन गर्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताउनुभएको छ । भेन्टिलेटर र सघन उपचार कक्ष चलाउन एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर फिजिसियन आवश्यक पर्छ जुन देशभर कमै मात्रामा भएको उहाँले बताउनुभयो ।

सङ्क्रमणको अवस्था सामान्य नभएकाले यस विषयमा मन्त्रालयमा छलफल भइरहेको छ । कार्यरत चिकित्सकलाई छोटो अवधिको तालीम दिएर ती उपकरण सञ्चालन ल्याउने गरी नीतिगत निर्णय गर्न मन्त्रालयसँग माग भएको जनाइएको छ । अहिले गड्डाचौकी र गौरीफन्टा नाका भएर नेपाल भित्रने अधिकांश पहाडी जिल्लाका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ क्रिकेटर आरिफ शेखले गरे विवाह ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते सुशासनको लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुँदै, नाङ्गो आँखाले हेर्न सकिने चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी बाटो हिँड्दै गरेका दम्पतीको नाक काटेको आरोपमा एक जना पक्राउ आमाबुवा बन्दै गायक जोडी मेलिना-कमल