७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

कोरोना सङ्क्रमणबाट कांग्रेस नगर सभापतिको निधन

१० बैशाख २०७८, शुक्रबार १२:०२

वैशाख १०, फुङ्लिङ । नेपाली कांग्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङ आज कोरोना सङ्क्रमणले निधन भएको छ । निमोनिया भएपछि उपचारका क्रममा आज बिहान ९ः०० बजे बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । पिसिआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । 

गुरुङको शवलाई झापामै अन्त्यष्टि गर्न आग्रहसमेत गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आफन्तले गुरुङको शव ताप्लेजुङ नै ल्याउने प्रयत्न गरिएको हो । प्रजिअ पाण्डेका अनुसार शवलाई झापामै अन्त्यष्टि गर्नका निम्ति प्रजिअलगायत अन्य सरोकारवालासँग समन्वय भइरहेको छ ।

पाथीभरा मन्दिरमा पूजापाठ गर्न रोक 

प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको छ । दिनप्रति दिन कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले पूजापाठ गर्न रोक लगाएको हो । पाथीभरामा दिन प्रतिदिन पूजापाठ गर्ने भक्तजनको भीड बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा देवीस्थलमा पूजापाठ गर्न रोक लागाइने सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै