साउन २५, नवलपरासी । सर्पले टोक्दा नवलपरासीमा एक दम्पत्तीको मृत्यु भएको छ । सिमावर्ति गाविस हरपुर वडा नम्बर ८ मुडेरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, नवलपरासी । सर्पले टोक्दा नवलपरासीमा एक दम्पत्तीको मृत्यु भएको छ । सिमावर्ति गाविस हरपुर वडा नम्बर ८ मुडेरा"/>
६ माघ २०८२, सोमबार
नवलपुर - NWL

नवलपरासीमा सर्पले टोक्दा एक दम्पत्तीको एउटै चितामा दाह संस्कार

२५ श्रावण २०७३, मंगलवार १२:३५

साउन २५, नवलपरासी । सर्पले टोक्दा नवलपरासीमा एक दम्पत्तीको मृत्यु भएको छ । सिमावर्ति गाविस हरपुर वडा नम्बर ८ मुडेराका ३५ वर्षिय शिवशंक हरिजन र उनका श्रिमति लक्ष्मीनादेवी हरिजन दुबै को मृत्यु भएको प्रहरीले जनाएको छ ।

अत्ति विपन्न परिवारका उनिहरु हिजोराति आफ्नै सानो झुप्रोमा भुँईमा सुतेको बेला सर्प टोकेको थियो । दुबैजना रक्सी सेवन गरेकाले सर्प टोक्ने वित्तिकै थाहा नभएको  र विहान उठ्दा श्रिमानको हात र श्रिमति लक्ष्मीनाको खुट्टामा सर्प टोकेको छिमेकीहरुले बताएका छन् । 


विहान उठदा क्षिमेकीहरुको सहयोगमा उपचारका लागि दुबैजना लाई पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याईएको थियो । अस्पताल नपुग्दै श्रिमतिको मृत्यु भएको थियो भने जिल्ला अस्पतालमा सर्प दंसको औषद्धि नभएकोले श्रिमान शिवशंकलाई उपचारका लागि सर्प दंश उपचार केन्द्र त्रिवेणिमा लैजादै गर्दा मृत्यु भएको प्रहरी चौकी अमानिगंजका ईन्चार्ज हरि प्रसाद भुषालले बताउनु भयो । 


उनिहरुको एउटै चितामा दाह संस्कार गरिएको छ । उनिहरु अत्ति गरिब भएकाले उपचारमा ढिलाई हुदा मृत्यु भएको बताईएको छ । उनिहरुको २ वटा छोराहरुलाई ठुलो बुवा नाथु हरिजनको रेखदेखमा राखिएको छ ।  


- मोहम्मद ईजहार शेष बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता