४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप ६ जिल्लामा निषेधाज्ञासंगै निषेधाज्ञा जारी भएको जिल्ला ४८ पुग्यो !

२२ बैशाख २०७८, बुधबार ०४:१३

बैशाख २२, काठमाण्डौ | आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बाजुरामा आज बिहान ५ बजेदेखि र रोल्पामा बिहान ६ बजेदेखि निषेज्ञाज्ञा सुरु भएको छ ।

त्यस्तै महोत्तरीमा बेलुकी ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ । म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुने गृह मन्त्रालयले जनाएको छ । ६ जिल्ला थपिएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ४८ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार सिराहा, बारा र बाग्लुङमा भोलि बिहानदेखि निषेधाज्ञा लागू हुनेछ । यो सँगै निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ५१ पुग्नेछ । निषेधाज्ञा लगाउँदासमेत कोरोना भाइरसको सङक्रमण कम नभएका जिल्लामा थप कडाइ गरिएको छ । कैलालीमा ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

यस्तै सुर्खेत, कास्की र पर्सामा ३१ गते राति १२ बजेसम्मका लागि थपिएको छ । बाँकेमा २७ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने भएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ