साउन २६, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको लाङटाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला सुरु हुनैलाग्दा पाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको लाङटाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला सुरु हुनैलाग्दा पाँ"/>
२०८२, १ चैत्र आईतवार
समाज

तीर्थस्थल पाँचपोखरी पुग्ने सडक अवरुद्ध

२०७३, २६ श्रावण बुधबार ०५:५९

साउन २६, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको लाङटाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला सुरु हुनैलाग्दा पाँचपोखरी जानका लागि प्रयोग हुने मेलम्ची–भोेताङ सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले सडक अवरुद्ध भएको छ । 

वर्षाको कारण पाँचपोखरीसम्म पुग्ने सडकखण्डमा यातायात सञ्चालनमा पहिरोले समस्या हुँदा मेला भर्नका लागि जाने पर्यटकले पैदल हिँड्नुपर्ने अवस्था आएको हो । हरेक वर्षको भाद्र महिनामा जनैपूर्णिमाको दिन मुख्य मेला भर्नका लागि पाँचपोखरीमा विभिन्न गाउँ र विभिन्न जिल्लाबाट तीर्थालु जाने गर्दछन् । इन्द्रावती नदीको मुहान मानिने पाँचपोखरीमा सूर्य, भैरव, नाग, सरस्वती र गणेशकुण्ड गरी पाँचवटा छुट्टाछुट्टै पोखरी रहेका छन् । 

विभिन्न जात र धर्मका भक्तजन आ–आफ्नो संस्कृति र विश्वासअनुरुप पूजाआराधना तथा स्नानका लागि पाँचपोखरी पुग्ने गर्दछन् । प्रत्येक बर्खामा हुने अविरल वर्षाका कारण पहिरोले सडक अवरुद्ध गर्ने हुँदा तीर्थस्थलसम्म पुग्ने तीर्थयात्री तथा पर्यटक दुई दिनको समय लगाएर हिँड्न बाध्य हुने गरेका छन् ।

गुन्सा गाविसका काले गोले भन्नुहुन्छ, “हरेक बर्खाको समयमा पहिरोकोे कारण यातायात सञ्चालन नहँुदा धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरी जाने तीर्थयात्रु तथा पर्यटकले निकै सास्ती खेप्नु परेको छ । वर्षाको कारण मेलम्ची–भोेताङ सडकखण्डकोे विभिन्न ठाउँमा गएको पहिराको कारण उत्तरी गाविस गुन्सा, भोताङ, भोटेनाम्लाङ, थाङ्पालधाप लगायतका स्थानीयवासी सो क्षेत्रको मुख्य बजार मेलम्चीबाट पाँच—छ घन्टाको बाटो हिँड्न बाध्य रहेको उहाँ बताउनुहुन्छ । 

पाँचपोखरीमा स्नान गरेपछि पापबाट मुक्ति मिल्ने र पितृकोे स्वर्गमा बास मिल्ने विश्वास राखिन्छ । पाँचपोखरी स्नानसँगै रैथानेश्वर पोखरी र नौलिङ्गेश्वरमा पनि मेला भर्ने परम्परागत प्रचलन रहेको छ । मेलामा तामाङ समुदायका विभिन्न झाँकीले सांस्कृतिक मेला भर्ने गर्दछन् । काठमाडौँ उपत्यकालगायत काभ्रे, दोलखा, रामेछाप, सिन्धुली समेतका तीर्थयात्री मेलम्ची हँुदै पाँचपोखरी र गोसाइँकुण्ड जाने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार