४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा शवबाहन नभएपछि प्रदेशसँग मागिँदै

२३ बैशाख २०७८, बिहीबार ०५:१७

वैशाख २३, काभ्रेपलाञ्चोक (रासस)। कोरोना सङ्क्रमणबाट यहाँ दैनिक मृत्यु हुन थालेपछि शव व्यवस्थापनका लागि जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले वाग्मती प्रदेशस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरमा शवबाहन मागिने भएको छ ।

केन्द्रको बैठकले कोभिड–१९ को दोस्रो लहरबाट मृत्यु भएकासमेतको शव व्यवस्थापन हालसम्म नेपाली सेनाले आफ्नै व्यवस्थापनमा गर्ने गरेको र काभ्रेपलाञ्चोकमा निजीस्तर, सरकारी तथा स्थानीय तहमा शवबाहन नभएको हुँदा प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरसँग शवबाहन माग्ने निर्णय गरेको हो । “दैनिक दुईभन्दा माथिको सङ्ख्यामा मृत्यु हुन थालेको छ, जिल्लामा शवबाहन नहुँदा प्रदेशमा माग्न लागेका हौँ”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भन्नुभयो । उहाँका अनुसार केन्द्र मातहत रहने गरी हाललाई एक थान शवबाहन मागिएको हो । 

केन्द्रका अनुसार कोरोना सङ्क्रमणबाट अस्पतालमा उपचाररत काभ्रेपलाञ्चोकमा बुधबार चार र मङ्गलबार सात तथा सोमबार दुईको मृत्यु भएको थियो । पछिल्लो घटना विवरणअनुसार कोरोना सङ्क्रमण भएको थाहा नभई घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भएर आएकाको अस्पताल आएको एकै दिनमा मृत्यु हुने गरेको केन्द्रले जनायो । “उपचारका लागि ढिलाइ गर्दा परीक्षणपछि उपचार गर्न नपाउँदै मृत्यु भएको पाइयो”, केन्द्रका सदस्यसचिव डा झाले भन्नुभयो । उहाँका अनुसार जिल्लामा ‘कन्ट्याक्ट ट्रेसिङ’को दायरा बढाउन लागिएको छ ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १५८ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो दिन जिल्लामा ८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म यहाँका कूल ७६८ सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३०१, धुलिखेलमा १५८, पनौतीमा १५०, पाँचखालमा ६०, नमोबुद्धमा २८, मण्डनदेउपुरमा १९ तथा रोशी गाउँपालिकामा १५, चौँरीदेउरालीमा सात, तेमालमा छ र भुम्लुमा सात, खानीखोलामा दुई, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेका छन् ।््

जिल्लामा सबैभन्दा बढी बनेपामा ३९ दशमलव १९ प्रतिशत सङ्क्रमित रहेका छन् । केन्द्रका अनुसार सङ्क्रमितमध्ये ७४३ होमआइसोलेशन तथा २५ जना अस्पतालको आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लामा ५६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ