४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

रोग प्रतिरोधात्मक क्षमता वृद्धि सम्बन्धि परामर्श तथा स्वास्थ्य सामग्री वितरण

५ जेष्ठ २०७८, बुधबार ०२:१६

जेठ ५, काभ्रे । रोशी गाउँपालिका वडा–३ मझुवामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन परामर्श तथा आवश्यक स्वास्थ्य  सामग्री वितरण गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर प्रवेशसंगै गाउँमा कोरोना संक्रमणको लक्षण भएका विरामीहरु बढ्न थालेपछि सोही गाउँका युवाहरुको सक्रियतामा सचेतनामूलक परामर्श तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न  भिटामिनयुक्त सामग्री प्रदान गरेको छ । गाउँभरि सबैलाई रुघा लाग्ने, ज्वरो, खोकी, पखला जस्ता विभिन्न लक्षणका विरामी बढ्न थालेपछि आज (मंगलबार) स्वास्थ्यकर्मी सहित टोली पुगेर औषधी वितरण गरेको हो ।

विरामीहरुको ज्वरो तथा प्रेसर परिक्षणपछि केही आवश्यक औषधी समेत प्रदान गरेको छ । सिटामोल, मल्टि भिटामिन, कफ सिरप, एन्टि एलर्जी ट्याबलेट, क्याल्सियम, डिटोल साबुन, जीवनजल, डिकोल्ड, माक्स, सेनिटाईजर, सुप, सन्चो लगायत औषधीजन्य सामग्रीहरु वितरण गरेका हुन् ।


सो गाँउका सबै उमेर समूहका व्यक्तिहरुको स्वास्थ्यमा समस्या आएपछि आवश्यक सुझाव दिनुको साथै करि ६७ जनालाई औषधी तथा शक्ति बढाउने शुप तथा भिटामिनहरु उपलब्ध गराएको छ । टोलीमा स्वास्थ्यकर्मी डि–फर्मसिस्ट दमोदार वाग्ले, भिम लामा, मिलन लामा, श्याम लामा रहेका थिए ।

टोलीबाट गएका प्रारम्भ खबरका सम्पादक समेत रहेका भिम लामाले गाउँमा थप स्वास्थ्य संकट आउन नदिन विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न सहभागी सबैलाई आग्रह गरे । साथै यस अघि गाउँपालिकाले स्वाब संकलन गरेकाहरुको रिर्पोट २ दिनसम्म पनि नआउँदा केही प्रश्न उब्जिए पनि नआत्तिन सबैलाई आग्रह गरे ।


देश तथा विदेशमा रहेका मझुवा गाउँका युवाहरु स्वयमले आर्थिक संकलन गरी स्वास्थ्य सामग्री वितरण गरेका हुन् । वितरणपछि बसेको आकस्मिक छलफलबाट अब सोही वडा अन्र्तगत विरामी तथा स्वास्थ्यमा समस्या भएका गाउँहरुमा आवश्यक सहयोग गर्ने तिर्थ लामाले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ