२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

रोग प्रतिरोधात्मक क्षमता वृद्धि सम्बन्धि परामर्श तथा स्वास्थ्य सामग्री वितरण

२०७८, ५ जेष्ठ बुधबार ०२:१६

जेठ ५, काभ्रे । रोशी गाउँपालिका वडा–३ मझुवामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन परामर्श तथा आवश्यक स्वास्थ्य  सामग्री वितरण गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर प्रवेशसंगै गाउँमा कोरोना संक्रमणको लक्षण भएका विरामीहरु बढ्न थालेपछि सोही गाउँका युवाहरुको सक्रियतामा सचेतनामूलक परामर्श तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न  भिटामिनयुक्त सामग्री प्रदान गरेको छ । गाउँभरि सबैलाई रुघा लाग्ने, ज्वरो, खोकी, पखला जस्ता विभिन्न लक्षणका विरामी बढ्न थालेपछि आज (मंगलबार) स्वास्थ्यकर्मी सहित टोली पुगेर औषधी वितरण गरेको हो ।

विरामीहरुको ज्वरो तथा प्रेसर परिक्षणपछि केही आवश्यक औषधी समेत प्रदान गरेको छ । सिटामोल, मल्टि भिटामिन, कफ सिरप, एन्टि एलर्जी ट्याबलेट, क्याल्सियम, डिटोल साबुन, जीवनजल, डिकोल्ड, माक्स, सेनिटाईजर, सुप, सन्चो लगायत औषधीजन्य सामग्रीहरु वितरण गरेका हुन् ।


सो गाँउका सबै उमेर समूहका व्यक्तिहरुको स्वास्थ्यमा समस्या आएपछि आवश्यक सुझाव दिनुको साथै करि ६७ जनालाई औषधी तथा शक्ति बढाउने शुप तथा भिटामिनहरु उपलब्ध गराएको छ । टोलीमा स्वास्थ्यकर्मी डि–फर्मसिस्ट दमोदार वाग्ले, भिम लामा, मिलन लामा, श्याम लामा रहेका थिए ।

टोलीबाट गएका प्रारम्भ खबरका सम्पादक समेत रहेका भिम लामाले गाउँमा थप स्वास्थ्य संकट आउन नदिन विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न सहभागी सबैलाई आग्रह गरे । साथै यस अघि गाउँपालिकाले स्वाब संकलन गरेकाहरुको रिर्पोट २ दिनसम्म पनि नआउँदा केही प्रश्न उब्जिए पनि नआत्तिन सबैलाई आग्रह गरे ।


देश तथा विदेशमा रहेका मझुवा गाउँका युवाहरु स्वयमले आर्थिक संकलन गरी स्वास्थ्य सामग्री वितरण गरेका हुन् । वितरणपछि बसेको आकस्मिक छलफलबाट अब सोही वडा अन्र्तगत विरामी तथा स्वास्थ्यमा समस्या भएका गाउँहरुमा आवश्यक सहयोग गर्ने तिर्थ लामाले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै