Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आठ दिनदेखि हराएका बोटे मृत फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>जेठ ११, तनहुँ (रासस) । यही जेठ ३ गते साँझ ९ बजेदेखि हराइरहेका ६३ वर्षीय एक पुरुष मंगलबार मृतावस्थामा फेला परेका छन् ।&nbsp; व्यास नगरपालिका–७ बोटेटार बस्ने नसे बोटे मृत फेला परेका हुन् ।&nbsp;</p><p>व्यास– ५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा बोटे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।&nbsp;</p><p>जंगलमा निउरो खोज्न गएका मानिसले बोटेलाई मृतावस्थामा देखेपछि तत्काल प्रहरीमा खबर गरेका थिए ।</p><p> घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच मुचुल्का गरेपछि अहिले परीक्षणका लागि शव दमौली अस्पतालको शवगृहमा राखी आफन्तजनलाई खबर गर्ने काम भइरहेको छ&nbsp; ।</p>