२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जहाजले आकाशमा फन्को लगाउँदा…

१६ जेष्ठ २०७८, आईतवार १६:०३

जेठ १६ धनगढी | धनगढीको आकाशमा हवाइजहाजले आज लगातार फन्को लगाइरहँदा नगरवासीमा कौतुहल र चासो बढेको देखियो । आकाशमा यसरी किन चक्कर लगाइरहेको भनेर नगरवासीले चासो राख्दै एकापसमा टेलिफोनमा जिज्ञासा राखिरहेका थिए ।

कतिपयले धनगढी विमानस्थलमा अवतरण गर्न नसकेर वा अवतरण गर्ने वातावरण नभएर जहाजले आकाशमा फन्को लगाएको अनुमान लगाएका थिए भने अन्य कतिपयले उडिरहेकै अवस्थामा जहाज बिग्रेकाले अवतरण गर्नमा समस्या भएको भनेर अड्कल गरिरहेका थिए । कोरोना भाइरसको महामारीका बेला हाल धनगढी विमानस्थलमा आन्तरिक उडान बन्द रहेको अवस्थामा उक्त जहाजले चक्कर लगाएको देखिँदा पनि नगरवासीको चासो बढेको थियो ।

बिहान १० बजेको आसपासमा पूर्वतर्फबाट आएको सो जहाजले कैलालीको धनगढी र कञ्चनपुर जिल्लाको आकाशमा तीन/चार पटक फन्को लगाएको थियो । सो जहाज अवतरण गर्न नसकेर नभएर त्यहाँको धरातलीय स्वरुप मापनका लागि सर्भेक्षण कार्य गरिएको जनाइएको छ । 

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जमीनको धरातलीय स्वरुप के कस्तो छ भनेर नक्सा तयार गर्नका लागि जहाजमार्फत् सर्भेको काम भइरहेको भन्ने जानकारी आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एक विदेशी जहाजले भैरहवा, नेपालगञ्ज र धनगढीको आकाशमा ‘सर्भे फ्लाइट’ गर्दैछ भन्ने जानकारी आएको थियो ।’’ रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य