२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

‘पत्रकार कोरोना उपचार कोष’ स्थापना

२०७८, १७ जेष्ठ सोमबार ०७:०१

जेठ १७, कञ्चनपुर (रासस) । नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ । समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो । “पत्रकारलाई उपचारमा सघाउ पुर्याउने उद्देश्य राखी कोष स्थापना गर्ने निर्णय गरेका छौँ”, कार्य समितिका सचिव राजेन्द्रप्रसाद अवस्थीले भन्नुभयो, “कोषमा रकम जम्मा गर्नका लागि सबैको साथ चाहिएको छ ।”

कोषमा सहयोग गर्नका लागि व्यवसायी, उद्योगी, सामाजिक सङ्घसंस्था, शिक्षक, कर्मचारी, समाजसेवीसँग अनुरोध गरिएको उहाँले बताउनुभयो । महासङ्घद्वारा स्थापना गरिएको कोषमा आर्थिक सहयोग गर्न इच्छुकहरुले एनएमबी बैंक शाखा महेन्द्रनगरमा नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका नाममा रहेको चल्ती खाता नं ०९८०१२९०५८२०००११ मा रकम जम्मा गर्न सकिनेछ ।  

तीन हजार सङ्क्रमित 

वैशाख महिनादेखि जेठको दोस्रो सातासम्म कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ४८ जना प्रभावित भएका छन् । सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट दुई हजार ५०७ जना सङ्क्रमण मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट धेरै जनामा सङ्क्रमण देखा परेको हो । पिसिआर परीक्षण चार हजार ४७१ जनाको गरिएको छ । यसमध्ये पिसिआर गरिएकामध्येको तीन हजार ९५० जनाको नतिजा प्राप्त भएको छ । आठ हजार ८९ जनाको पश्चिमी सीमा नाका गड्डाचौकीमा एन्टिजेन परीक्षण गरिएकामा यसमध्ये ५१७ जनाको नतिजा पोजेटिभ आएको छ । कोरोना सङ्क्रमण शुरु भएदेखि हालसम्म २१ हजार ८४ जनाको पिसिआर परीक्षण गरिएको छ । यसमध्ये छ हजार ७८० जनाको नतिजा पोजेटिभ आएको थियो ।

सोही अवधिमा सङ्क्रमण मुक्त हुनेको सङ्ख्या पाँच हजार ९९१ जना रहेको छ । हाल कोरोना भाइरसका सक्रिय केस ६१३ रहेका छन् । आइसोलेशनमा रहेकाको सङ्ख्या ९२ र होम आइसोलेशनमा रहेकाको सङ्ख्या ५१५ रहेको छ । आइतबार कञ्चनपुरमा ४२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या १८९ रहेको छ । हालसम्म कोरोनाको सङ्क्रमणबाट कञ्चनपुरमा ९४ जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै