२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीको दुधौलीबाट हारगुहार ! अस्ति चार जना कुटियौं, आज घरमा बाढी पस्यो !

२०७८, १७ जेष्ठ सोमबार ०९:३७

जेठ १७, काठमाडौँ | सनिबार सिन्धुलीको दुधौली नगरपालिका २, भलुवाईमा छिमेकीले कुट्दा चार जना घाइते उपचारको लागि काठमाडौँ आए । लामो समयको जग्गा बिबाद स्थानीय निकायले मिलाईदिन नसक्दा कुटपिटसम्मको घटनामा परिणत भएको पिडितहरुले बताएका छन् । 

स्थानीय मकरध्वज रोकाले २०५२ सालमा किनेको जग्गा नाप/नक्सा गर्दा खोलाको जग्गा समेत आफ्नो नाममा परेको भन्दै विवाद सृजना गरेका थिए । रोकाले आफू बसाई सरि आउनु अघिदेखिनै  सोहि स्थानमा बगेको खोलामा आफ्नो जग्गा परेको भन्दै खोला पुरेर अर्कै ठाउँबाट खोला बगाएका थिए । 

गत सनिबार ठूलो बर्षा हुने क्रममा आएको बाढीले घरनै बाढीमा पर्न सक्ने भएपछि अर्को तर्फ पानी फर्काउने क्रममा सापकोटा परिवारलाई छिमेकी मकरध्वज रोका सहित छोराहरु रमेश रोका, बद्रि रोका, दिपेन्द्र रोका र सालीको छोरा दिपक बुढाथोकीले मिलेर आक्रमण गरेको स्थानीय मोदनाथ सापकोटाले बताएका छन् । सो क्रममा सापकोटा परिवारका चार जना निर्घात कुटिएको सापकोटाले बताएका छन् । 

उक्त घटनामा घाइते भएकी १६ बर्षिया किशोरी बिनिता सापकोटाले भनिन् – 'झगडामा पिटिनुभएकी आमालाई छुट्याउन गएकी थिएँ । एक्कासी मलाई तानेर लडाए अनि रोकाका सालीको छोरा र माइलो छोराले मलाई छाती, पेट र ढाँडमा, जहाँपायो त्यहाँ हाने । मेरो आमा (बालकुमारी सापकोटा) लाई बाँसको लौराले हानेको देखेपछि म घटना स्थलमा गएकी हुँ ।' झगडा हुने क्रममा नारायण सापकोटा र गौरी सापकोटालाई जिउभरी मुड्कीले हानिएको र टाउकोमा हानिएको र नारायण सापकोटाको दाँतमा हान्दा हल्लिएको बताइएको छ । 

घटनाको बिषयमा पिडक भनिएका मकरध्वज रोकाले आफू पनि घाइते भएको भन्दै निवेदन दिएका थिए । आफूलाई लागेको आरोपको बिषयलाई नकार्दै उनले भने 'मुक्का-मुक्की मात्रै भएको हो । घाइते भनिएकाहरुको अवस्था सामान्य छ ।' आफ्ना छोराहरु छुट्याउन गएको भन्दै १६ बर्षिय किशोरी नकुटिएको रोकाको दावी छ । तर कुटिएकि किशोरी काठमाडौँमा उपचारको लागि आएकी छन् । उनको दावी छ कसरी प्रमाणित गर्छन् गरे हुन्छ 'मलाई मेरो छाती, पेट र ढाडमा लात्ती र मुक्काले हानेका हुन् ।'

यसै सम्बन्धमा दुधौलीको हतपते प्रहरीले घटनापछि घाइतेहरुलाई घटना पछि काठमाडौँ पठाइएको जनाएको छ । स्थानीय प्रहरीको अनुसार घटनाको विवरण अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हेर्ने गरि पठाइएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घाइतेहरु काठमाडौँबाट आएपछि छानबीन हुने जनाएको छ ।

केहि समय अघि स्थानीय प्रतिनिधि तथा राजनीतिक दलहरु मिलेर बिबाद मिलाउने क्रममा मकरध्वज रोकाले जहाँबाट खोला बगेको थियो, त्यहि स्थानबाट खोला बग्न दिने भनि मौखिक सम्झौता गरेका थिए । तर अहिले अटेर गरेको कारण विवादले घटनाको रुप लिएको पिडितहरुले बताएका छन् । यस सम्बन्धमा छिमेकी मकरध्वज रोकाले जहाँबाट खोला बगेको त्यहीबाट पानी बग्न दिने मौखिक सम्झौता नमानेको दुधौली २ का वडाध्यक्ष रितेश राउतले बताएका छन् । 

सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने !

स्थानीय स्तरका यस्ता घटनाहरु स्थानीय स्तरमै समाधान हुनुपर्ने नीति सहित समाजमै नमिलेका घटनाहरुको समाधानको लागि अहिले हरेक स्थानीय तहमा न्यायपालिकाहरु गठन भएका छन् । कतिपय घटनाहरु स्थानियहरु आफै मिलेर पनि समाधान गर्न सक्छन्  । तर घटनाहरु बिभिन्न कारण माथिल्लो निकायसम्म पुग्ने गरेको छ । स्थानीय निकायलेनै समाधान गरिदिन सक्ने घटनाहरु वेवास्ता हुँदा, नातावाद, राजनीतिक कारण वा उजुरी नपुग्दा सिधै माथिल्लो निकायसम्म पुग्ने गरेका छन् । माथिको घटनाको सम्बन्धमा पनि यस्तै विषय आकर्षित भएको छ । पिडितहरुको अनुसार स्थानीय जन प्रतिनिधिसँग रोकाको मितेरी नाताको कारण समेत आफूहरुले न्याय निसाव नपाएको गुनाशो छ । 

पिडितहरुको दावीलाई हेर्ने हो भने राजनीतिक पहुँच र शक्तिको आडमा मकरध्वज रोकाले आफूहरुलाई अन्याय गरिरहँदा हालसम्म न्याय पाएका छैनन् । नम्वरी जग्गा खोलामा परेपछि मकरध्वजले खोला थुनेको र त्यसैको कारण सापकोटा परिवार सहित अन्यले समेत समस्या झेलेको स्थानीय नेता तथा बुद्धिजीवीहरुले समेत स्वीकारेका छन् । स्थानीय जनप्रतिनिधिले समेत यो विषयमा रोकायकै गल्ति देख्छन् तर समस्या समाधानमा स्थानीय तह खरो रुपमा उत्रिन नसक्दा विवाद चुलिदै मारामारको स्थितिमा पुगेको छ । रोकायाकै अटेरीको कारण सोमबार (आज) मात्र पनि सापकोटाको घरमा बाढी पसेको भन्दै पिडितले सोको भिडियो पठाएका छन् । बर्षौंदेखि खोला जताबाट बगेको थियो त्यसलाई थुनेर अन्यत्र बगाउँदाको असर सापकोटा सहित अरु परिवारमा पनि परेको छ । कसैले नापजाँच गर्दा बर्षौंदेखि बग्दै आएको खोलामा आफ्नो जग्गा भएकै कारण खोला थुनेर अरु परिवारलाई शान्तपुर्वक बाच्ने अधिकार हनन भएको सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने उनीहरुको गुनाशो छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै