२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

यासोक-देउराली समाजको राहात अभियानमा रकम जम्मा हुँदै

२०७८, १९ जेष्ठ बुधबार ०३:४४

कमल घिमिरे।जेठ १९।पाँचथर, पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका  र साविक आङ्सराङ गाविसका नागरिकलाई लक्षित गरेर अभियान चलाइएको महामारी आपतकालीन राहात साहायता कोषमा रकम जम्मा हुन थालेको छ।   जिल्लाको फाल्गुनन्दका वडा नं ६ र ७ कार्यक्षेत्र भएको उपत्यकामा रहेकाहरुको  सामाजिक संस्था   यासोक-देउराली  समाजले कोरोना महामारीबाट निशेधाज्ञाका कारण द‌ैनिक गुजारा चलाउन मुस्किल सो क्षेत्रका बासिन्दालाई  आपतकालिन राहात सहायता उपलव्ध गराउने उद्देश्यले स्थापना गरेको कोषमा दुई दिनमा पचास हजार माथि रकम जम्मा भएको  छ ।   उपत्यकामा जारी कडा निषेधाज्ञाका कारण बैंक र आवतजावत बन्द भएका कारण अभियान संचालनमा समस्या भएको समाजका  सचिव बिन्देश्वर खनालले बताउनुभयो  । सो कोषमा मंगलबारसम्म समाज कल्याण परिषदका उपाध्यक्ष डा.पद्मप्रसाद खतिवडाबाट स्व.पिता भूमिनन्द खतिवडाको स्मृतिमा १५ हजार,पूर्व सभासद भीष्मराज आङ्देम्वेबाट ५ हजार,अध्यक्ष डा.रामकृष्ण खतिवडा,उपाध्यक्ष पदम फेवादिन र कोषाध्यक्ष भवानी निरौलाबाट ५/५ हजार,अभियानका संयोजक भीम सम्वाहाम्फेबाट ५ हजार ५ सय ,सहसचिव गंगा रिजालबाट ४ हजार, सूर्यबिक्रम चेम्जोङबाट ११ हजार र यादव खनालबाट ७ हजार ५ सय रुपैयाँ जम्मा भएको कोष परिचालन उपसमितिका संयोजक  कोषाध्यक्ष भवानी निरौलाले जानकारी दिनु भएको छ । 

कोषमा संकलित रकमबाट पाँचथर जिल्लाको साविकका आङसराङ,माङजाबुङ,यासोक रानीगाउ,स्यावरुम्वाबाट उपत्यकामा रहेका नागरिकहरुलाई राहात र स्थानीय कुम्मायक गा. पा. र फाल्गुनन्द गा पा को वडा नं ६ र ७ मा राहात र स्वास्थ्य सामाग्री लगायतको सहयोग गरिने लक्ष रहेको समाजका सचिव  खनालले जानकारी      दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह