२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

उद्योग वाणिज्य संघ पाँचथरले ५५लाख भन्दा बढिको स्वास्थ्य सामाग्री अस्पताललाई दियो

२०७८, १९ जेष्ठ बुधबार ०४:०४

कमल घिमिरे। जेठ १९।पाँचथर,उद्योग बाणिज्य संघ पाँचथरले खरिद गरेका कोरोना भाइरसका संक्रमितको उपचारका लागि आवश्यक सामग्री पाँचथर अस्पताललाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरेका सामग्रीमा १० लिटर प्रतिमिनेट क्षमताका २० थान अक्सिजन कन्स्ट्रेटर, ४० केजी क्षमताका ५० थान अक्सिजन सिलिण्डर, पाँचथान मल्टि पारामिड, एकसय थान अक्सिमिटर छन ।

 सामग्री संघका अध्यक्ष दिपक नेपालले अस्पताल  प्रमुख  डाक्टर वुद्धीवहादुर थापा र पाँचथरका प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण गरिएका सामग्री ५५ लाख ६० हजार मुल्य वरावरका रहेको संघका कार्यकारी अधिकृत भिम कार्कीले जानकारी दिनुभयो ।

सामग्री खरिदका लागि देश विदेशमा रहेका पाँचथरे नागरिकबाट ५७ लाख २८ हजार रुपैंया रकम संकलन भएको संघका  महासचिव नवराज घिमिरको भनाइ छ ।

संघले करिब दुइसाता अगाडीदेखि शुरु गरेको अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिन्डर व्यावस्थापन अभियान मार्फत खरिद गरेका सामग्री सामग्री आज पाँचथर अस्पताललाई हस्तान्तरण गरेको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँचथर उद्योग बाणिज्य संघले चलाएको अभियानमा साथ दिने सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो । आगामी दिनमा सुविधा सम्पन्न एम्वुलेन्स सेवा सञ्चालनका लागि सुझाव प्राप्त भएकाले त्यसतर्फ योजना वनाउने पनि उहाँको भनाइ थियो ।

सामग्री ग्रहण गर्दै जिसस प्रमुख विष्णुप्रसाद सापकोटा र प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले सामाजिक उत्तरदायित्व वहनका क्रममा संघबाट भएको सहयोगको सराहना गर्नुभयो ।

संघले यस अगाडी पनि पाँचथर अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको थियो ।

सामग्री हस्तान्तरण कार्यक्रकाे सञ्चालन महासचिव नवराज घिमिरे, अध्यक्षता  अध्यक्ष दिपक नेपाल र  धन्यवाद ज्ञापन  संघका बरिष्ठ उपाध्यक्ष यामनाथ काफ्लेले गर्नुभएकाे थियाे ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार