प्रकाश बम | साउन २८, डोटी । दिपायलबाट धनगढीका लागी छुटेको बस भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको सहजपुरमा दुर्घटना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | साउन २८, डोटी । दिपायलबाट धनगढीका लागी छुटेको बस भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको सहजपुरमा दुर्घटना "/>
२०८२, १७ चैत्र मंगलवार
काठमाडौँ - KTM

कैलालीमा बस दुर्घटना: दुई जनाको मृत्यु, ९ घाईते

२०७३, २८ श्रावण शुक्रबार ०३:१९

प्रकाश बम | साउन २८, डोटी । दिपायलबाट धनगढीका लागी छुटेको बस भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको सहजपुरमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । बसमा सवार अन्य ९ जना घाईते भएका छन् । गएराती १ बजेतिर शैलेश्वरी यातायतको ना ६ ख १६९१ नम्बरको बस कैलालीको सहजपुर गाविसमा पर्ने फल्टुँडे भन्ने स्थानमा दुर्घटना भएको हो  । 

दुर्घटनामा मृत्यु हुनेमा ठेगाना नखुलेका अन्दाजी २६ बर्षिय योगेन्द्र बिक रहेका छन् भने अर्का मृतकको परिचय बिबरण भने नखुलेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय अत्तरियाले जनाएको छ । त्यस्तै दुर्घटनामा परी अत्तरिया नगरपालिका ४ का २८ बर्षिय बस चालक शेर बहादुर कडायत, आलिताल ५ डडेल्धुराका १७ बर्षिय सहचालक उमेश महरा, डोटी तोलेनीगाबिसका ३४ बर्षिय देव बिष्ट, डोटीको काँडा ३ का २५ बर्षि गणेश नेपाली, सोही ठाउँका १८ बर्षिय भक्त भूल, डोटीकै बासुदेवी गाविस १ का २५ बर्षिय नरेश सिंह बिक, सोही गाविसको वडा नं. ३ का ५३ बर्षिय खडक लुहार र अत्तरिया नगरपालिका ४ का ३५ बर्षिय महाबिर कडायत रहेका छन् । बसमा अन्य सवार गर्ने यात्रुहरुको भने अवस्था सामान्य रहेपनि चालक शेर बहादुर कडायत र यात्रु महाबिर कडायतको टाउको गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई थप उपचारका लागी भारत तर्फ रेफर गरिएको छ । सामान्य घाईते ७ जनाको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भईरहेको जनाएको छ । 

बस सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चिप्लिएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

(फाइल तश्विर)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति