२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’ अभियान शुरु

२० जेष्ठ २०७८, बिहीबार ०९:१८

जेठ २०, मध्यपुरथिमि (रासस) । कोभिड–१९ को महामारीबाट जोगाउन भक्तपुरका विभिन्न संस्था सक्रिय भएका छन् । कोभिड सङ्क्रमणको दोस्रो लहर रोकथाम र नियन्त्रणमा सरकार लागिरहेका बेला भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा ११ संस्थाले संयुक्तरूपमा कोभिड–१९ नियन्त्रण अभियान नै चलाएका छन् ।

‘सेवा परमो धर्म’ले कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ भन्ने नारा दिएर कोभिडलाई परास्त गर्ने अभियान शुरु गरेको नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रोशन भोयद्योले बताउनुभयो । कोभिड सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य परिचारिकाका लागि विशेष किसिमको क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याइएको र त्यसमा अक्सिजनको समेत व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड–१९ आइसोलेशन सेन्टर चाँगुनारायण इञ्जीनियर कलेज नेकसँग सहकार्य गर्दै आइसोलेशन सेन्टरलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन गरिएको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले जानकारी दिनुभयो ।

परमो धर्म अभियानले जेठको पहिलो सातादेखि कोभिडका बिरामीका लागि २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको र सेवा चाहिएमा हटलाइन नं ९८६१७५६४६१ सम्पर्क गर्न उहाँले आह्वान गर्नुभयो । उहाँले मनोचिकित्सक डा कञ्चन दाहाल र वरिष्ठ कार्डियोलोजिष्ट डा सञ्जय श्रेष्ठसँग स्वास्थ्य परामर्शका लागि भर्अुअल परामर्श सेवा शुरु गरिएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टलाई रु तीन लाख सहयोग गरेको मानन्धरले जानकारी दिनभुयो । केही दिनमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको टोलीलाई घरघरमा गएर पिसिआर परीक्षण, रगत जाँच तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउन ‘डोर टु डोर हेल्थ सर्भिस’ले सेवा दिइने जानकारी दिनुभयो । प्याब्सन, विद्युतीय सामग्री व्यवसायी सङ्घ, डक्टर्स सोसाइटी, नेपाल नर्सिङ सङ्घ, सिबीआर, भक्तपुर हार्ट एण्ड डायबेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाले अभियानमा सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य