साउन २८, भक्तपुर । एसओएस बालग्राम नेपालले भूकम्प प्रभावित बालबालिकालाई लक्षित गरी घर निर्माण गर्ने भएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, भक्तपुर । एसओएस बालग्राम नेपालले भूकम्प प्रभावित बालबालिकालाई लक्षित गरी घर निर्माण गर्ने भएको छ । 

<"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

एसओएस बालग्राम नेपालले भूकम्पपीडितका लागि घर निर्माण गरिने

२८ श्रावण २०७३, शुक्रबार ०६:३२

साउन २८, भक्तपुर । एसओएस बालग्राम नेपालले भूकम्प प्रभावित बालबालिकालाई लक्षित गरी घर निर्माण गर्ने भएको छ । 

एसओएसले सिन्धुपाल्चोकको भिमटार गाविस– ६, ७ र ८ मा एकसय ६० वटा पारिवारिक घर बनाउने प्रक्रिया अगाडि बढाएको एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशङ्कर प्रधानाङ्गले बताउनुभयो । 

सोही गाविसका १, ६, ७, ८ र ९ का २०० घरधुरीका लागि भूकम्पपीडतका लागि जीविकोपार्जनका लागि आर्थिक सहयोग गर्दै आएको एसओएसले अब पुनःनिर्माण प्राधिकरणको स्वीकृति लगत्तै स्थानीय बासिन्दालाई आवश्यक प्राविधिक तालिम दिएर आगामी दसैँ लगत्तै ती घरको निर्माण कार्य सुरु गर्ने भएको हो । 

त्यसैगरी भूकम्प प्रभावित जिल्लामा एसओएसले निर्माण गरेका विद्यालय भवन पुनःनिर्माण तथा जीणाद्वारको अनुगमन गर्न नेपाल आउने भएका एसओएस बालग्राम अन्तर्रााष्ट्रियका अध्यक्ष सिद्धार्थ कौल नेपालले जोरपाटीमा भूकम्पपछि थपिएका अपाङ्गता भएका बालबालिकाका लागि एउटा घर र फिजियोथेरापी कक्ष निर्माण गरिदिने घोषणा गर्नुभएको छ । 

उहाँले एसओएस बालग्राम जोरपाटीको अवलोकन गरी भूकम्पपछि थपिएका चार जनाका साथै अन्य ३९ गरी ४३ जना बालबालिकासँग अन्तक्र्रिया गर्दै यस्तो घोषणा गर्नुभएको एसओएसले प्रधानाङ्गले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा