सुन २८, काठमाडौँ । राष्ट्र निर्माणमा योगदान पु¥याएका विभिन्न क्षेत्रका युवा व्यक्ति तथा तिनका संस्थालाई सरकारले ‘राष्ट्रिय यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुन २८, काठमाडौँ । राष्ट्र निर्माणमा योगदान पु¥याएका विभिन्न क्षेत्रका युवा व्यक्ति तथा तिनका संस्थालाई सरकारले ‘राष्ट्रिय यु"/>
२०८२, १७ चैत्र मंगलवार
काठमाडौँ - KTM

युवा दिवस: धुर्मुस सुन्तलीसहित राष्ट्रपतिद्वारा ८ युवा सम्मानित

२०७३, २८ श्रावण शुक्रबार ०७:३२

सुन २८, काठमाडौँ । राष्ट्र निर्माणमा योगदान पु¥याएका विभिन्न क्षेत्रका युवा व्यक्ति तथा तिनका संस्थालाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मान गरेको छ । 

आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गर्नुभयो । 

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा सम्मानित हुनेमा समाजसेवा क्षेत्रका लागि हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे जोडीको धुर्मुस–सुन्तली फाउन्डेसन, व्यावसायिक कृषिबाट गुल्मीको पैँचो पसल प्रालि, वातावरण तथा सरसफाइका लागि खाँदबारी, सङ्खुवासभाका डा राजु अधिकारी छन् । 

चित्रकला र सङ्गीतका लागि अपाङ्गता भएका अमीर लामा, कला र सङ्गीतका लागि शिव परियार, कृषि (फलफूल)का लागि ओखलढुङ्गाका लोचन बस्नेत, चेलीबेटी बेचबिखन नियन्त्रणका लागि माइती नेपालकी फूलमाया तामाङ छन् । 

त्यसैगरी कृषि (पशुपालन)का लागि हाल पोखराका व्यवसायी मकवानपुर निवासी दीपक तिमिल्सिना, कला र संस्कृतिका लागि ‘कालोपोथी’ चलचित्रका निर्देशक मीनबहादुर भाम, वैज्ञानिक खोज–अनुसन्धानका लागि काभे्रपलाञ्चोककी डा सुमन सत्याल छन् । साथै खेलकुद विधामा १० जनालाई सम्मान गरिएको छ । जसमा उसुकी निमा घर्ती मगर, जुडोकी फूपूल्हामु खत्री, फुटबलर नवयुग श्रेष्ठ, पारा खेलकुद प्रशिक्षक कुमार पौडेल, युवा क्रिकेटर सन्दीप लामिछाने, एथ्लेटिक्स खेलाडी विपना परियार, पौडीवाज गौरिका सिंह, खोखोका मुख्य प्रशिक्षक रामनारायण राय, तेक्वान्दो खेलाडी निशा रावल र नेपाल ट्राइथलन सङ्घ छन् । पुरस्कृत सबैले जनही रु एक लाख प्राप्त गरे । 

सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय युवा नीति र ‘युथ भिजन–२०२५’ एक वर्षभित्र लागू गर्नुपर्ने बताउँदै स्वदेशमै रोजगारी सिर्जना गर्न युवासम्बन्धी थप ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । देश विकासमा युवा परिचालन गर्न आग्रह गर्दै उहाँले भन्नुभयो – “युवा शक्ति पलायन रोक्न सबै वर्ग र समुदायका युवालाई उपर्युक्त प्राविधिक र जीवनोपयोगी शिक्षा दिँदै स्वदेशमै रोजगारी सिर्जना गराउनुपर्छ ।” 

राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री श्रीपाइलीले युवा विकासकोे १० वर्षे योजना (युथ भिजन–२५)सँगै ल्याइएका अन्य सबै नीति, कार्यक्रम तथा योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै भन्नुभयो – “अब युवाका क्षेत्रमा सरकारले लगानी बढाउनेछ ।” 

कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले करिब ४० लाख युवालाई स्वदेशमै रोजगारी दिने योजनाअनुरुप आफूहरु काम गरिरहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति