२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

कर्मचारीलाई कार्यक्षेत्र नछोड्न मन्त्री नेम्बाङको निर्देशन

२०७८, २६ जेष्ठ बुधबार ११:०३

कमल घिमिरे। २६ जेठ । पाँचथर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री  वसन्तकुमार नेम्बाङ्गले मातहतका कर्मचारीहरुलाई सामान्य अवस्थामा एकदिन पनि कार्यक्षेत्र नछोड्न निर्देशन दिनुभएको छ ।

 मंगलबार र बुधबार दुईदिन चलेको भर्चुअल नियमित समिक्षा गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले कार्यालय प्रमुखहरु नियमित कार्यक्षेत्रमा रहँदा त्यसको सकारात्मक प्रभाव कार्यप्रगतिमा देखिने भन्दै यस्तो निर्देशन दिनुभएको हो । 

उहाँले यस बर्ष मनसुन चाडो हुने पूर्वानुमान भएकोले त्यसबाट राजमार्गहरुमा आउन सक्ने अवरोधहरु व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, 'यस पटक मनसुन चाडो हुने पूर्वानुमान गरिएको छ । मनसुनका कारण राजमार्गहरु अवरुद्ध हुदाँ समयमै व्यवस्थापन गर्न सकेनौ भने जनजीवन प्रभावित हुन्छ । नागरिकले कष्ट पाउँछन् । अवरोध हुन सक्ने देशैभरका सम्भावित स्थानहरुमा इक्विपमेण्टहरु तैनाथ गर्नुहोला । हामीसंग उपलब्ध इक्विपमेण्ट अपुग भए भाडामा लिएर भएपनि व्यवस्थापन गर्नुपर्छ । '

उहाँले नयाँ आयोजना निर्माणका साथै राजमार्ग मर्मत संभारलाई समेत विशेष ध्यान दिनुपर्ने भन्दै राजमार्गहरु खाल्डाखुल्डी रहित बनाउनु पर्ने बताउनु भयो । 

उहाँले प्रगति विवरणहरु आशातित नभएपनि उत्साहजनक भएको बताउनु भयो । उहाँले भन्नु भयो, 'प्रगति विवरणहरु आशातित नभएपनि उत्साहजनक छ । आर्थिक बर्षको अझै केहिदिन बाँकी छ । प्रगति प्रतिशत बढाउन अधिकतम प्रयत्न गर्नु होला । '

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले समेत धारणा राख्नु भएको थियो । 

गोष्ठीमा सडक डिभिजन प्रमुखहरुले हालसम्मका आर्थिक, भौतिक प्रगति तथा बेरुजु फस्यौटको अवस्थाबारे प्रस्तुती राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह