७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथर अस्पताललाई १०० शैय्यामा स्तरोन्नति गर्न मुख्यमन्त्रीलाई पत्र

२७ जेष्ठ २०७८, बिहीबार ०६:३७

कमल घिमिरे। २७ जेठ। पाँचथर,   भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पाँचथर जिल्ला अस्पताललाई १०० शैय्याको अस्पतालमा स्तरोन्नति गर्न प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई आग्रह गर्नुभएको छ ।

मङ्गलबार मुख्यमन्त्री राईलाई पत्र पठाउँदै मन्त्री नेम्वाङले पाँचथर सहित तेह्रथुम, ताप्लेजुङ र इलामका सर्वसाधारणले सेवा लिने पाँचथर जिल्ला अस्पतालको स्तरोन्नति अत्यावाश्यक रहेकाले स्तरोन्नति गरी बजेटको ब्यवस्था गरिदिन आग्रह गर्नुभएको हो । मन्त्री नेम्वाङले भौतिक पूर्वाधार समेत तयार भएकाले पाँचथर अस्पताललाई १०० शैय्यामा स्तरोन्नतिको नीतिगत निर्णय र बजेटको प्रवन्ध आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति, कार्यक्रम तथा बजेटमार्फत गर्न समेत आग्रह गर्नुभएको छ । उक्त पत्र प्राप्त भएपछि मुख्यमन्त्री राईले मन्त्री नेम्वाङको आग्रह र पाँचथर जिल्ला अस्पतालमा सेवाग्राहीको चापका आधारमा उपयुक्त निर्णय लिने वचन दिनुभएको मन्त्री  नेम्वाङका स्वकीय सचिव गणेश योङहाङले जानकारी दिनुभयो ।

पाँचथर सहित तीन छिमेकी जिल्ला इलाम, तेह्रथुम र ताप्लेजुङका सेवाग्राहीले सेवा लिने गरेको जिल्ला अस्पतालको स्तरोन्नति अत्यावाश्यक रहेको मन्त्री नेम्वाङले वताउँदै आउनुभएको छ । ५० शैय्याका लागि भवन लगायत संरचना समेत निर्माण भइरहेको जिल्ला अस्पतालको शैय्या विस्तारको नीतिगत निर्णय हालसम्म हुन सकेको छैन्। दुई साताअघि जिल्लाका सरोकारवालाहरुसँग आयोजित भर्चुअल बैठकमा मन्त्री नेम्वाङले जिल्ला अस्पतालको स्तरोन्नतिलाई आफूले मुख्य प्राथमिकतामा राख्ने वताउनुभएको थियो । मन्त्री नेम्वाङकै पहलमा गत वर्ष जिल्ला अस्पतालमा आइसीयू र भेण्टिलेटर जडानका लागि प्रधानमन्त्री कोभिड–१९ आकस्मिक कोषबाट रु. दुई करोड बजेट समेट छुट्टिई संरचना निर्माणको प्रकृया अगाडि बढेको छ । 

२०० शैय्याभन्दा कम क्षमताका अस्पताल प्रदेश सरकार मातहत रहने नीतिगत ब्यवस्था छ । सोही ब्यवस्थाबमोजिम पूर्वी पहाडमा धेरै सेवाग्राहीले सेवा लिने पाँचथर अस्पतालको स्तरोन्नति गर्न मन्त्री नेम्वाङले पहल लिनुभएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो