साउन २८, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ । 

व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ । 

व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन सम"/>

८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मानवीय त्रुटिले दुर्घटना दोहोरियो’

२८ श्रावण २०७३, शुक्रबार १०:३७

साउन २८, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ । 

व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उक्त मन्त्रालयका सचिव प्रेमकुमार राईले हवाई उडान भर्नुअघि चालकको स्वास्थ्य परीक्षण गर्ने नीतिलाई आगामी दिनमा कडाइका साथ पालना गराइने जानकारी दिनुभयो । 

हवाई उडानका क्षेत्रमा खासगरी अपनाउनुपर्ने नियम तथा नयाँ प्रविधिको प्रयोगमा विशेष ध्यान पु¥याइएको बताउँदै उहाँले कतिपय अवस्थामा जहाज र चालक ठीक भए पनि डाँडामा ठोक्किएर दुर्घटना हुने गरेको तथ्याङ्क प्रस्तुत गरियो । 

बैठकमा कतिपय दुर्घटना छानबिन समितिको प्रतिवेदनलाई विश्लेषण गर्ने हो भने चालकको बानी व्यहोरासमेत ध्यान दिन आवश्यक रहेको जनाउँदै मन्त्रालयका तर्फबाट अनुसन्धान र छानबिनलाई विश्वसनीय तुल्याई प्रतिवेदन कार्यान्वयनमा जोड दिइने प्रतिबद्धता जाहेर गरियो । 

विमानमा जडान भएको उपकरणका आधारमा चालकले प्रत्यक्ष दृष्टि र प्रविधिको प्रयोग सहायता लिएर दुई किसिमबाट हवाई उडान गरिन्छ । 

नेपालमा भएका धेरैजसो हवाई दुर्घटना पहाडी क्षेत्रमा हुने गरेको छ । मौसममा अचानक आउने खरावीका कारण चालकले हवाई मार्ग पत्ता लगाउन नसक्दा दुर्घटनाका सम्भावना बढाउने गरेको घटना बैठकमा जानकारी गरायो । मन्त्रालयका सहसचिव सुरेश आचार्यले हवाई क्षेत्रको नियमन र दुर्घटनासम्बन्धी हेर्ने बेग्ले संयन्त्रको खाँचो रहेको जानकारी दिनुभयो । 

मुलुकमा हवाई दुर्घटनाका घटना निकै बढ्न थालेपछि मन्त्रालयले विमानलाई साहसिक उडानका नाममा जोखिमपूर्ण देख्दादेख्दै बादलमा प्रवेश गराएमा अनुमातिपत्र खारेजीसम्मको चेतावनी राखेर नियमावली बनाउने कार्य प्रारम्भ गरेको छ । साहस देखाउने, जोखिम बहन गर्ने चालक होइन, प्रविधिको प्रयोगरी विधि र प्रक्रिया पूरा गर्ने चालकको आवश्यकता महशुस गरिएको मन्त्रालयका पदाधिकारीको धारणा छ । 

हवाई उडानका क्षेत्रमा रहेका प्राविधिकको भने राडार जडानमा मापदण्ड पूरा भएको छ कि छैन भनेर हेर्नुपर्नेमा विमानस्थलको सङ्ख्यामात्र बढाउने कुरा युक्तिसङ्गत नभएको गुनासो छ । 

हवाई उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइकाओले जुन देशमा हवाई दुर्घटना हुन्छ त्यस देशमै दुर्घटनासम्बन्धी छानबिन आयोग गठन गर्नुपर्ने प्रावधान राखेको छ । नेपालमा यो महिनामै पनि दुईवटा हवाई दुर्घटना भएका छन् । 

यसअघि बैठकमा समितिका सदस्यले मुलुकको हवाई दुर्घटनाका मुख्य कारण तालिम, व्यवस्थापन र लापर्बाही हो भन्ने आमजनताले बुझेका छन्, वास्तविकता केहो भनी प्रश्न राख्नुभएको थियो । 

निजी कम्पनीले चालकलाई प्रतिमहिना रु दुई लाख सुविधा दिँदा पनि नाफामा जाने तर नेपाल एयरलाइन्सको भने रु ४० हजार दिँदासमेत घाटामा गयो भन्ने सुन्नुपर्दा दुःख लागेको गुनासो गर्दै सांसदले एउटा कम्पनीको विमान दुर्घटना भए पनि नयाँ कम्पनीको नाम दिएर चलाउने प्रवृत्तिलाई रोक्न सुझाव दिनुभयो । 

नागरिक उड्डयन प्राधिकरण प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले युरोपेली सङ्घले नेपालको जहाजले सङ्घका सदस्य मुलुकमा उडान भर्न नपाउने गरी कालोसूचीमा राखेकामा तोकिएको मापदण्ड पूरा गर्ने अन्तिम प्रयासमा प्रधिकरण रहेको जानकारी दिनुभयो । 

सो अवसरमा नेपालका ध्वजाबाहक विमान कम्पनी नेपाल बायुसेवा निगममा व्यवस्थापकीय सुधार, ट्रेड युनियनको अराजकताको अन्त्य र राजनीतिक हस्तक्षेप नरोकिएसम्म आफ्नो ढङ्गले काम गर्ने र सुधारको गुञ्जायस नदेखिएको जानकारी दिइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध