२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

सरकारका जनमुखि कामलाई बाधा ल्याउन राजनीति गर्न थालियोः मन्त्री नेम्वाङ

२०७८, ३० जेष्ठ आईतवार १२:३०

कमल घिमिरे । जेठ ३०।पाँचथर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले सप्तकाशी नदिको बीचमा रहेको खुवालुङ ढुंगाको विषयमा भ्रामक प्रचार भएको बताएका छन् । 

रेलवे विभाग, नेपाल रेलवे कम्पनी, नेपाल पानी जहाज कार्यालय र यातायात व्यवस्था विभागका प्रमुखहरुसँगको भर्चुअल बैठकमा नेम्वाङले  ढुंगाको विषयमा गलत प्रचार भइरहेको भन्दै आक्रोश पोखेका छन् । 

किराँती संस्कृति, सभ्यता र मन्धुमसँग जोडिएको उक्त ढुगां सरकारले क्रेन लगाएर फुटाउन लागेको भन्दै केहि विरोधि तत्वहरु भ्रामक प्रचारमा लागेको मन्त्री  नेम्वाङले  बताएका छन् । उनले भने–‘प्रदेश सरकारले समेत उक्त ढुंगा संरक्षका लागि नीति तथा कार्यक्रममा राखेको छ । सरकारका जनमुखि कामलाई बाधा ल्याउन राजनीति गर्न थालिएको छ । ढुंगाको विषयमा कोहि कसैले राजनीति नगर्दा हुन्छ ।’ 

उनले भने–‘सरकारले जलयातायातका लागि कोशीनदिको चतरादेखि भोजपुरसम्मको जलमार्गमा पर्ने उक्त ढुंगालाई संरक्षण गर्छ ।  सरकारले बिचको अवरोध हटाउने भनेको छ । ढुगां हटाउने भनेको हैन संरक्षण गरेर लैजाने हो । ढुंगा संक्रक्षण गर्दै ट्रयाक परिवर्तन हुन्छ ।’

रेल विभाग महानिर्देश प्रमिला देवी बज्राचार्य, नेपाल रेलवे कम्पनीको महाप्रबन्धक गुरु भट्टराई, नेपाल पानी जहाज कार्यालयका प्रमुख विपिन अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेसँग आज भएको भर्चुअल बैठकमा मार्फत चालु आर्थिका वर्षको आफ्नो कार्यालयमा वित्तिय प्रगति समिक्षा भएको थियो । उनीहरुले आ–आफ्नो कार्यालयको प्रगति विवरण राखेका थिए । साथै कार्यलयमा रहेका समस्या पनि राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह