२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा असार १२ गतेसम्म निषेधाज्ञा थप

४ असार २०७८, शुक्रबार १५:३९

असार ४, गोरखा (रासस) । जिल्लामा असार १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकले भोलि राति १२ बजेदेखि थप हुने गरी पुनः सात दिन निषेधाज्ञा थप गरेको हो । जिल्लामा गत वैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरी यो पाँचौँ पटक थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।  चौथो पटक थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजे सकिँदैछ ।

जिल्लाभित्र कोरोना सङ्क्रमण रोकथाम, न्यूनीकरण र व्यवस्थापनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकले निषेधाज्ञाको अवधिमा दैनिक उपभोग्य वस्तु, खाद्यान्य, तरकारी, दूध तथा माछा, मासु, कृषिजन्य बीउबिजन, मल, पशुपक्षीको दाना बिक्री गर्ने पसल र वर्कसप भने अबदेखि बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ । यसअघि ९ बजेसम्म मात्र त्यस्ता पसल सञ्चालन गर्न दिइएको थियो । 

त्यस्तै पाठ्यपुस्तक तथा स्टेशनरी पसल जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने दिइने प्रशासनले जनाएको छ । सामुदायिक विद्यालयका हकमा भने पुस्तक व्यवसायीले विद्यालयसम्म पुस्तक पु¥याइदिने र विद्यालयले आलोपालो गरी  विद्यार्थीहरुलाई पुस्तक वितरण गर्ने व्यवस्था मिलाइएकोे प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । 

जिल्लाभित्रका उद्योग तथा सार्वजनिक निर्माण कार्यमा सलंग्न कर्मचारी तथा श्रमिकलाई उद्योग निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी कार्य सञ्चालन गर्न पाउने निर्णय गरिएको उहाँले बताउनुभयो । त्यस्तै खानेपानी, सुरक्षा, स्वास्थ्य, सञ्चार, औषधि तथा औषधिजन्य उत्पादन र विक्री वितरणलगायत अत्यावश्यकबाहेकका सेवा सवै बन्द गर्ने निर्णय पनि आजको बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

सञ्चारकर्मीका हकमा सूचना विभागले जारी गरेको प्रेसपास र सञ्चारगृहले जारी गरेको परिचयपत्रका आधारमा आवातजावत गर्न सकिने निर्णय गरिएको छ । बैठकले बैंक तथा सहकारीबाहेक वित्तीय संस्था लघुवबत्त, बीमा कम्पनीको सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै सहकारी संस्थाको हकमा कार्यालय भित्रैबाट सञ्चालन हुने बाहेकका सेवा बन्द गर्ने तथा बैंकभित्र समेत दुई मिटरको भौतिक दूरी अनिवार्य कायम गर्नुपर्ने निर्णय बैठकले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा एक मजदुरको मृत्यु अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु डोनाल्ड ट्रम्पले इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने बताए