रबिन्द्र यादव/ साउन २८, नवलपरासी ।   रासस अन्चल कार्यालय बुटवल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ साउन २८, नवलपरासी ।   रासस अन्चल कार्यालय बुटवल"/>
६ माघ २०८२, सोमबार
नवलपुर - NWL

रासस सम्वाददाता सुवेदी सम्मानित

२८ श्रावण २०७३, शुक्रबार १३:१९

रबिन्द्र यादव/ साउन २८, नवलपरासी ।   रासस अन्चल कार्यालय बुटवलमा सहायक समाचारदाताको रुपमा कार्यरत सुबेदीलाई आज नवलपरासीमा आयोजीत कार्यक्रममा सम्मान प्रदान गरिएको हो । 


पत्रकारीता क्षेत्र मार्फत युवा वर्गलाई प्रेरणा प्रदान गर्न सफल भएको भन्दै अन्तराष्ट्रिय यूवा दिवसको २०१६ को अवसरमा पारी आयोजीत बिशेष समारोहमा दोसल्ला तथा सम्मान पत्रद्धारा सुबेदीलाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ नवलपरासी शाखा सचिब समेत रहेका सुबेदीलाई कार्यक्रमका प्रमुख अतिथी उद्योग बाणीज्य संघका अध्यक्ष भिम बहादुर थापा ( भरत )ले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।


नवलपरासीको बिभिन्न क्षेत्रबाट आएका युवा युवतीहरु सहभागी सो कार्यक्रममा पत्रकार सुबेदीले राष्ट्र निमार्णमा यूवाहरुको भुमिका बिषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । गरिबी उन्मुलनमा यूवा प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने नाराका साथमा प्रकृति युवा क्लबको अगुवामा आयोजीत युवा दिवस बिशेष समारोहमा प्रस्तुत कार्यपत्र माथी युवाहरुको समस्या र समाधानको उपायबारे छलफल गरिएको थियो ।



सुबेदी २०६३ सालबाट राष्ट्रिय समाचार समिती ( रासस )मा आबद्ध हुनुहुन्छ । सुबेदी नेपाल भारत मैत्री पूर्ण पत्रकार संघको महासचिब समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता