रबिन्द्र यादव/ साउन २८, नवलपरासी ।   रासस अन्चल कार्यालय बुटवल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ साउन २८, नवलपरासी ।   रासस अन्चल कार्यालय बुटवल"/>
२०८२, ५ चैत्र बिहीबार
नवलपुर - NWL

रासस सम्वाददाता सुवेदी सम्मानित

२०७३, २८ श्रावण शुक्रबार १३:१९

रबिन्द्र यादव/ साउन २८, नवलपरासी ।   रासस अन्चल कार्यालय बुटवलमा सहायक समाचारदाताको रुपमा कार्यरत सुबेदीलाई आज नवलपरासीमा आयोजीत कार्यक्रममा सम्मान प्रदान गरिएको हो । 


पत्रकारीता क्षेत्र मार्फत युवा वर्गलाई प्रेरणा प्रदान गर्न सफल भएको भन्दै अन्तराष्ट्रिय यूवा दिवसको २०१६ को अवसरमा पारी आयोजीत बिशेष समारोहमा दोसल्ला तथा सम्मान पत्रद्धारा सुबेदीलाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ नवलपरासी शाखा सचिब समेत रहेका सुबेदीलाई कार्यक्रमका प्रमुख अतिथी उद्योग बाणीज्य संघका अध्यक्ष भिम बहादुर थापा ( भरत )ले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।


नवलपरासीको बिभिन्न क्षेत्रबाट आएका युवा युवतीहरु सहभागी सो कार्यक्रममा पत्रकार सुबेदीले राष्ट्र निमार्णमा यूवाहरुको भुमिका बिषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । गरिबी उन्मुलनमा यूवा प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने नाराका साथमा प्रकृति युवा क्लबको अगुवामा आयोजीत युवा दिवस बिशेष समारोहमा प्रस्तुत कार्यपत्र माथी युवाहरुको समस्या र समाधानको उपायबारे छलफल गरिएको थियो ।



सुबेदी २०६३ सालबाट राष्ट्रिय समाचार समिती ( रासस )मा आबद्ध हुनुहुन्छ । सुबेदी नेपाल भारत मैत्री पूर्ण पत्रकार संघको महासचिब समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने