कमल घिमिरे।असार ७। पाँचथर, पाँचथरको याङवरक गाँउपालिकामा गएको पहिरोमा पुरिएर शिक्षकको मृत्यु भएको छ ।
याङवरक २ स्थित नुवाखोलाबाट ल्याइएको कडरीया कुलो बनाउने क्रममा इन्द्रवति प्राविका ५८ बर्षीय शिक्षक टेकनाथ धौरालीको ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।
पहिरोमा परेर खड्ग प्रसाद राई घाइते भएका छन् । राईको ढुंगाले हात काटेको वडा बताइएको छ । ‘चार जना भएर कुलो सोरिरहेका अवस्थामा माथिबाट आएको पहिरोले टेकनाथको ज्यान लिएको हो । पहिरोबाट निकाल्दा उनको सामान्य ढुकढुकी भएपनि एकैछिनमा उनको ज्यान गएको वडा सदस्य हरी अधिकारीले जानकारी दिए ।