२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं

७ असार २०७८, सोमबार ०६:२५

राजेन्द्रप्रसाद पनेरु । असार ७,  कञ्चनपुर (रासस)। भीमदत्त नगरपालिका–१२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक वितेको छ । महाकाली नदीको बाढीले कहिल्यै डुवानमा नपरेको सो बस्ती यो वर्ष वर्षातको शुरुवातमै डुवानमा परेको छ । 

बाढीले छिमेकीसहित उहाँको घर समेत डुवानमा परेको छ । “यो भन्दा पहिले हाम्रो बस्तीमा बाढी आउदैनथ्यो । चार लेनको सडक बनाउने क्रममा महाकाली नदीमा जथाभावी बाँध बाँधेकाले हाम्रो बिचल्ली भयो”, उहाँले भन्नुभयो, “दुई दिनदेखि त्रिपालमा बसिरहेको छु ।” बस्ती पूरै डुवान हुँदा पनि सहयोगका लागि कोही नआएको उहाँको गुनासो छ । “दिनभरी मजदूरी गरेर साँझबिहान हातमुख जोर्ने जोहो मिलाएका थियौँ । सबै बाढीले बगाएर लग्यो”, एरीघाटका अर्का बाढीपीडित जयसिंह चैसिरले भन्नुभयो, “अब के खाने र कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ ।” चुनावका बेला भोट माग्न प्रायः सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता आउने भएपनि अहिले कसैले पनि वास्ता नगरेको उहाँको भनाइ छ । 

महाकाली नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी बस्तीमा पसेको हो । सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयवासीको भनाइ छ । “बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ । त्यतिबेला कसैले सुनेनन्”, प्रमोद भट्टले भन्नुभयो, “अहिले बस्ती नै डुवानमा परेको छ ।” बस्तीका २० घरभित्र २ फिटसम्म पानी जमेपछि त्यहाँका बाढीपीडितहरु अर्काको घरमा शरण लिएर बस्दै आएका छन । कतिपय बाढीपीडित त्रिपाल मुनि बस्न बाध्य भएका छन् । जोखिम अवस्थामा रहेका केही परिवारलाई वडा कार्यालय र नजिकको विद्यालयमा राखिएको छ । “घर भित्र बाढी पस्यो खाद्यान्न तथा लत्ताकपडा सबै बगाएर लग्यो । बालबच्चदेखि सपरिवार हिजोदेखि भोकै छौँ”, भट्टले भन्नुभयो, “भुजेला खोलाको पानीको निकास नखोजिए यसवर्ष हाम्रो उठिबास हुन्छ ।”

महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त–१२ का वडाध्यक्ष कृष्णसिंह देउवाले बताउनुभयो । नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान शुरु गरेको छ । अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ । कटान नियन्त्रण गर्न आपतकालीन तटबन्धको काम थालिएको छ ।  असार पहिलो साता मै बाढीले यति दुःख दिएकोमा स्थानीवासी चिन्तित भएका छन । महाकाली नदीमै बालुवा गिट्टी चालेर जिविका चलाउदै आएका तौला रानाको समेत बाढीको पानीले घर भित्र राखेको सबै खाद्यान्नलगायत सामग्री भिजाएको छ । नदीमा पानी बढेपछि रातिमा सुत्न नसकेको उहाँले बताउनुभयो । “नदीको पानी यसरी कहिल्यै पनि बस्तीमा छिरेको थिएन”, उहाँले भन्नुभयो, “यो वर्षको शुरुमै पूरै बस्ती डुवानमा पर्यो । परिवारको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।” 

पहाडी क्षेत्रमा वर्षा हुने क्रम रोकिएसंगै महाकाली नदीको बहाव अहिले घट्दो अवस्थामा छ । नदीमा पानीको सतह घटेपनि डुवानमा परेका परिवारको सबै खाद्यान्न भिजेर कामै नलाग्ने अवस्थमा रहेकाले उहाँहरुलाई साँझ बिहानको छाक टार्न अप्ठेरो परेको छ ।  वडा र नगरपालिका कार्यालयबाट कोही पनि राहत लिएर नपुगेको डुवान पीडित परिवारको गुनासो छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान