साउन २९, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले देश संघीय व्यवस्थामा जाँदा मन्त्रालयको संरचना कस्तो हुने भन्ने विषयमा छलफलका लागि खाका तय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले देश संघीय व्यवस्थामा जाँदा मन्त्रालयको संरचना कस्तो हुने भन्ने विषयमा छलफलका लागि खाका तय "/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

संघीयतामा यस्तो बन्दैछ स्वास्थ्य संरचना

२९ श्रावण २०७३, शनिबार ०२:१२

साउन २९, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले देश संघीय व्यवस्थामा जाँदा मन्त्रालयको संरचना कस्तो हुने भन्ने विषयमा छलफलका लागि खाका तय गरेको छ । तीन तहको स्वास्थ्य संरचना रहने प्रस्ताव गरिएको खाकामा स्थानीय स्तरलाई नै अधिकारसम्पन्न गराउने उल्लेख छ ।

प्रधानमन्त्री कार्यालयले स्थानीय तहलाई बढी सक्रिय गराउने गरी खाका तय गर्न निर्देशन दिएका कारण सोहीअनुसारको प्रस्ताव ल्याएको मन्त्रालयको संघीय संरचना प्राविधिक टोलीका सदस्यसचिव एवम् उपसचिव बाबुराम खनालले जानकारी दिए ।

केन्द्रमा संघीय स्वास्थ्य तथा सामाजिक उत्तरदायित्व मन्त्रालय रहनेछ । मन्त्रालयअन्तर्गत सातवटा महाशाखा रहने गरी प्रस्ताव छलफलका लागि ल्याइएको छ । जसमा नीति, अनुगमन तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा, योजना मोनिटरिङ एन्ड इभ्यालुएसन महाशाखा, आकस्मिक तथा प्रकोप व्यवस्थापन महाशाखा, आर्थिक तथा प्रशासनिक महाशाखा, सहयोग सेवा महाशाखा, स्वास्थ्य सेवा विकास महाशाखा र सामाजिक उत्तरदायित्व महाशाखा रहने गरी प्रस्ताव गरिएको खनालले बताए । केन्द्रीय स्तरको नीति निर्माण र प्रदेश सरकारले गर्न नसक्ने काममा सहजीकरण गर्ने अधिकार मात्र संघीय मन्त्रालयमा रहने गरी प्रस्ताव गरिएको छ ।

छलफलका लागि प्रस्ताव गरिएको खाकामा प्रदेशमा प्रादेशिक मन्त्रालयको कल्पना गरिएको छ । मन्त्रालयमा स्वास्थ्य तथा सामाजिक उत्तरदायित्व विभाग रहनेछ । जसअन्तर्गत चारवटा महाशाखाको विषयमा छलफल भएको छ । प्रस्तावित महाशाखामा नीति तथा अनुगमन मूल्यांकन महाशाखा, स्वास्थ्य सेवा महाशाखा, सामाजिक उत्तरदायित्व महाशाखा, प्रोग्राम मेनेजमेन्ट महाशाखा रहनेछन् । प्रादेशिक मन्त्रालय र महाशाखाले स्थानीय स्वास्थ्य संस्थाले गर्न नसक्ने कार्य गर्ने र संघीय सरकारसाग समन्वय गर्ने गरी संरचना छलफलमा ल्याइएको छ । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला