असार १०, धादिङ (रासस) । जिल्लाका रुबीभ्याली, नेत्रावती डबजोङ र गजुरी गाउँपालिकाले नीति कार्यक्रम तथा नयाँ आर्थिक वर्षका लागि बजेट सार्वजानिक गर्न सकेनन् ।
ती गाउँपालिकाले आन्तरिक तयारी पूरा नभएको जनाउँदै आज नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन नसकेका बताइएको छ ।
जिल्लाको सबैभन्दा विकट रुबीभ्यालीका उपाध्यक्ष बिना लामाले उपभोक्तालाई भुक्तानी दिनु परेका कारण गाउँसभा नभएको जानकारी दिनुभयो । यहाँ दुई नगरपालिका सहित ११ गाउँपालिका छन् ।